Correspondent, ParbatNepal
5 years ago
1318
साउन ५, पर्वत । उपल्लो क्षेत्रमा परेको भारी बर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाब बढेपछि तल्लो क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ ।
म्याग्दी तथा मुस्ताङ्गको तल्लो क्षेत्रमा भएको भारी बर्षाका कारण कालीगण्डकी र म्याग्दीखोलामा बहाब बढेपछि पर्वतको वारी बेनी देखि सेतीबेणी सम्म उच्च सर्तकता अपनाइएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार नदी उर्लेर आएका कारण मालढुंगा, सेतीबेणी, वारीबेनी लगायतका किनारमा मानवीय क्षति नहोस भनेर सबैलाई सर्तक बनाइएको छ । नदी किनारमा बालुवा निकाल्ने र दाउरा छोप्नेहरु बढी जोखिममा पर्ने भएकाले उनीहरुलाई प्रहरी परिचालन गरेर सर्तक गराइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले जानकारी दिनुभयो ।
कालीगण्डकीको बाढीले पर्वतमा अहिले सम्म क्षति पु¥याएको बिबरण आएको छैन तर वारीबेनी लगायतका क्षेत्रमा कटान र डुबानको खतरा बढेको छ । स्थानिय युवा बिज्ञानराज शर्माका अनुसार बहाब अहिले सम्मकै सबैभन्दा उच्च देखिएको छ । बाढीले म्याग्दीमा भने धेरै क्षति पु¥याएको छ । अन्नपूर्ण गाउँपालिका–३,
दानाको रुप्से झरनामा पानीको सतह बढेसँगै झरनाको बहाबले एक होटल, रुप्सेको पुलमा क्षती पु¥याएको छ । बेनी–जोमसोम सडकखण्ड दुई हप्ता देखि बन्द छ । काभ्रेभीरमा निरन्तर पहिरो गएका कारण यातयात सुचारु गराउन सकिएको छैन । आइतबारको बर्षाका कारण रुप्से आसपासमा ठूलो क्षती भएको पुगेको छ ।
केहीदिन पहिले कालीगण्डकी नदीमा पानीको सतहले २७ वर्ष यताकै उच्च बिन्दु पार गरेको थियो । कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वत, गुल्मी र स्याङजाको सिमानामा पर्ने सेतीबेणीबजार सबैभन्दा बढी खतरामा पर्दै आएको छ। । कालीगण्डकी ए जलबिद्युत आयोजनाले बनाएको जलासयको सतह बढ्दै जाँदा बाढीको समयमा बजार र बिश्वकै सबैभन्दा ठुलो शालिग्राम शिला पनि डुबानमा पर्दै आएको छ ।
