Correspondent, ParbatNepal
8 years ago
1926
रोशन तिवारी माघ १५ पर्वत - नदी, खोला र वनक्षेत्रमा ढुङ्गा, गिट्टि ,वालुवा उत्खनन हुन थालेपछि प्रहरीले निगरानी वढाएको छ । अवैध रुपमा उत्खनन गर्दा प्राकृतिक समस्या देखिन थालेको सर्वसाधारणको व्यापक गुनासो पछि प्रहरीले निगरानी वढाएको हो । कालीगण्डकी नदीमा मनलाग्दी उत्खनन् गर्ने समुहले वन क्षेत्रमा समेत उत्खनन् गर्न लागेपछि प्रहरीले कडाई गरेको छ ।
यसक्रममा प्रहरीले कुश्मानगरपालीका १ पाङ स्थित राष्ट्रिय वन भित्र ढुङ्गा उत्खनन गरिरहेको अवस्थामा एक्साभेटर र त्यसका चालकलाई पक्रिएको छ । वनक्षेत्रमा पछिल्लो समय डोजर र एक्साभेटर लगाएर उत्खनन् हुने जानकारी स्थानीयले गराएपछि प्रहरीले उत्खननु् गरिरहेको अवस्थामा एक्साभेटर र चालकलाई पक्रिएको हो । आईतवार पक्राउ परेका एक्साभेटर र चालकलाई आवश्यक कारवाहिका लागि जिल्ला वन कार्यालयमा पठाइएको प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले वताए ।
पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालीका वडा नं.१ का राधेश्याम शाह रहेका छन् । उनी रोलेक्स २२० एलसी ७ लेखिएको एक्साभेटर सहित पक्राउ परेका हुन् । प्रहरीले सवारीचालकलाई मात्रै पक्रिएपनि यो धन्दाका मालिकलाई भने पक्रेको छैन् । चालकलाई पक्रिएर सामान्य कागज गराएर प्रहरीले छाड्ने गरेको छ । कालीगण्डकीमा उत्खनन् गर्ने ३ जना व्याक्तिलाई प्रसासनको सिफारिसमा सामान्य कागज वनाएर एकहप्ता अगाडी यत्तिकै छाडिएको थियो ।
एकहप्ता अगाडी सामान्य कागज गरेर छोडेको नजिरका कारण अहिले पक्राउ परेका पनि कारवाहि विना उम्किने देखिएको छ । प्रहरीले पक्रिन्छ तर प्रसासनले छोडिदिन्छ । यसले अवैध उत्खनन नियन्त्रण हुन सकेको छैन ।
