Correspondent, ParbatNepal
5 years ago
1317
५ साउन, पर्वत । पर्वतमा श्वाब संकलन गरि परिक्षणका
लागि पठाइएका सबैको रिर्पोट आएको छ । पर्वत जिल्लामा पछिल्ला दुई दिनमा गरिएको
कोरोना परिक्षणमा दुई जनाको पोजेटिभ रिर्पोट आउँदा एक सय जनाको रिर्पोट नेगेटिभ
आएको छ ।
प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको १ सय
२ जनाको कोरोना परिक्षणका क्रममा २ जनाको पोजेटिभ रिर्पोट आएको छ भने बाँकी १ सय
जनाको रिर्पोट नेगेटिभ आएको हो । स्वास्थ्य कार्यालय पर्वतका तथ्याँक अधिकृत
प्रबिण भण्डारीका अनुसार शनिबार ५८ जनाको रिर्पोट आएकोमा एक जना पोजेटिभ र ५७
जनाको नेगेटिभ रिर्पोट आएको थियो भने आइतबार ४३ जनाको रिर्पोट आउँदा एक जना
संक्रमित भेटिएका छन । बाँकी ४२ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
आइतबार थपिएका संक्रमितमा महाशिला
गाउँपालिका वडा नं ५ लुंखुका ३२ बर्षिय पुरुष रहेका छन । शनिबार जलजला
गाउँपालिकाका ३५ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको थियो ।
सिसिएमसी पर्वतका प्रबक्ता समेत रहनुभएका
तथ्याँक अधिकृत भण्डारीका अनुसार शनिबार रिर्पोट नेगेटिभ आएकाहरु मध्ये
क्वारेन्टाइनमा बसेका ४४ जना छन भने नेपाल प्रहरीका २ जना, सवारी चालक ६ जना र
संक्रमिको सम्पर्कमा रहका ३ जना तथा २ जना स्वास्थ्यकर्मी रहेका छन । यस्तै आइतबार
नेपाल प्रहरीका ७ जना , पिपलटारीमा घरमै पुगेर संक्रमण पुष्टि भएकी महिलाको सम्पर्कमा आएका थप १०
जना र क्वारेन्टाइनमा बसेका थप २६ जनाको रिर्पोट नेगेटिभ देखिएको भण्डारीले
जानकारी दिए ।
पर्वतमा हाल सम्म संक्रमितको संख्या ९६
पुगेको छ । जसमध्ये ८७ जना भने निको भइ घर फर्किएका छन् । बाँकी ९ जना आइसोलेसनमा भर्ना
भएका छन् ।
