Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1205




आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन
आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन

साउन १, पर्वत । आज साउन महिनाको पहिलो दिन अर्थात साउने सङ्क्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखालेर घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने सङ्क्रान्ति पर्व मनाउने गर्दछन् ।

 

हिलोमाटोमा काम गर्नुपर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

 

लुतो फाल्दा आआफ्नो कुल, परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ । साउन महिनामा भगवान शिवको पूजा गरेर पनि महिलाहरूले मनाउने गर्छन् । महिलाहरुले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन र साउनको प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा गर्दछन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)