Correspondent, ParbatNepal
5 years ago
1191
पर्वत . मुलुक झण्डै चार महिना लामो लकडाउनबाट गुज्रेको बेला धेरै बिकास निर्माणका काम देखि सरकारी कार्यालयहरुका कामकाज प्रत्यक्ष प्रभावित भए । लामो लक डाउन भएपनि कृषि ज्ञानकेन्द्र पर्वतले भने लक डाउनका बिचमा पनि ९० प्रतिशत प्रगति हाँसिल गरेको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालित कार्यक्रममा सार्वजनिक सुनुवाईमा कृषि ज्ञान केन्द्र, पर्वतले ९० प्रतिशत प्रगति हासिल गरेको जानकारी दिएको हो । केन्द्रले पर्वत तथा बागलुङ गरि दुई जिल्लामा कार्यक्रम सञ्चालन गर्दछ ।
केन्द्रका प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत बासुदेब रेग्मीले आर्थिक वर्ष २०७६÷७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत संघीय सरकारको सर्सत अनुदान तथा प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये ८९ दशमलब ३५ प्रतिशत प्रगति हासिँल गर्न सफल भएको जानकारी दिनुभयो । केन्द्रीय र प्रदेश सरकारबाट प्राप्त कुल बजेट र २५ करोड ७२ लाख ८४ हजार मध्ये २२ करोड ९९ लाख २ हजार ७ सय ४८ खर्च भएको उहाँले बताउनुभयो ।
प्रदेश सरकार तर्फ प्राप्त कुल ५ करोड ८२ लाख ५८ हजार बजेट मध्ये ५ करोड १७ लाख ६३ हजार ७ सय ८० खर्च भई ८८ दशमलब ८५ प्रतिशत प्रगति देखिएको छ भने संघीय सरकारबाट प्राप्त कुल बजेट रु १९ करोड ९० लाख २६ हजार मध्ये १७ करोड ८१ लाख ३८ हजार ९ सय ६८ खर्च भई ८९।५० प्रतिशत प्रगति देखिएको छ ।
साना कृषि मोडेल फर्म अन्तरगत ९३ दशमलब ३५ प्रतिशत, ग्रिनहाउस निर्माण तथा यन्त्रीकरण सहयोग कार्यक्रममा ८९ दशमलब ७३ प्रतिशत, प्राङगारिक खेती प्रर्वद्धन कार्यक्रम तर्फ ९० दशमलब १० प्रतिशत, साना सिचाइ कार्यक्रम तर्फ ९० दशमलब ३८ प्रतिशत र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम तर्फ ८८ द शमलब ५६ प्रतिशत प्रगति भएको छ ।
लक डाउनका र कोरोना संक्रमणको उच्च जोखिमका बिचमा पनि पर्वत तथा बागलुङका दुर्गम गाउँमा समेत पुगेर कार्यक्रम कार्यान्वयनमा जोड दिएको प्रमुख रेग्मीले बताउनुभयो । यस अबधीमा कृषकलाई मल, बीउ तथा कृषि यन्त्रहरुका लागि आबश्यक पर्ने इन्धनको कमी हुन नदिएको कारण कृषि उत्पादन बृद्धि गर्न र बार्षिक कार्यक्रम सञ्चालन गर्न सफलता मिलेको दाबी उहाँको छ । कार्यक्रममा कृषि प्रसार अधिकृत बिश्व काफ्लेले स्वागत तथा बागबानी बिकास अधिकृत कुमार पुनले सञ्चालन गर्नुभएको थियो ।
