Correspondent, ParbatNepal
5 years ago
1260
१४
असार, पर्वत । पर्वतमा गर्मी मौसम र झरी संगै डेँगुको संक्रमण समेत बढ्ने भएकाले सचेत
हुन अनुरोध गरिएको छ । डेँगु फैलाउने लामखुट्टेको वासस्थान नष्ट गर्नुपर्ने र लामखुट्टेको
लार्भा र फुल नष्ट गर्नुपर्ने आवश्यकता देखिएको चिकित्सकहरुले बताएका छन् ।
पर्वतमा
अहिले सम्म २ जनामा यो वर्ष डेँगु संक्रमण देखिएको छ । जलजला गाउँपालिका स्थित वारीबेनीका
एक जना र फलेवास नगरपालिका ५ खानीगाउँमा एक जनामा डेँगु संक्रमण देखिएको हुनाले समूदायमा
डेँगु फैलिन सक्ने भएकाले सचेत हुनुपर्ने आवश्यकता रहेको स्वास्थ्य कार्यालयका प्रमुख
डा. भोजराज गौतमले बताउनुभयो ।
यो
मौसममा डेँगु फैलाउने एडिज एजिप्टाई लामखुट्टेको उत्पत्ती पनि बढ्ने भएकाले विशेष गरि
सङलो पानी जम्ने भाँडा, गाडीका टायर, फुलदानी, छत, बंगैचा, सडकका वरिपरी छरिएका विर्काहरु
खाली गर्नुपर्ने र लामो समयसम्म पानी रहिररहने ठाउँ सफा राख्नुपर्ने डा. गौतमले सल्लाह
दिनुभयो । उहाँले डेँगु रोग पनि कोरोना जस्तै लक्षण भएको हुनाले यो रोग पनि कोरोना
जस्तै खतरनाक रहेको बताउनुभयो ।
कोरोना
व्याक्ति मार्फत व्याक्तिमा सर्ने भएकाले मानिसहरु संग भौतिक दुरी कायम गर्ने र व्याक्तिगत
सरसफाईमा विशेष ध्यान दिनुपर्ने तर डेँगु सर्न नदिन वातावरणीय सरसफाईमा ध्यान दिनुपर्ने
गौतमले बताउनुभयो । डा. शिशिर देवकोटाका अनुसार असाध्यै ज्वरो आउने, वाकवाकी लाग्ने,
रिंगटा लाग्ने, शरिरमा राता विमिरा आउने, आँखाका गेडी दुख्ने लगायतका लक्षण डेँगुका
लक्षण हुन् ।
पर्वतमा डेँगुको अवस्था पत्ता लगाउन समूदायमा सर्वेक्षण,
परिक्षण, सचेतना जगाउने तालिम, गोष्ठि, लामखुट्टे खोज्ने र नष्ट गर्ने लगायतका कार्यक्रम
सञ्चालन हुँदै आएका छन् ।
