Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1357




पर्वत समाज नेदरल्याडद्धारा ‘विपद कोष’ मा १ लाख १७ हजार सहयोग
पर्वत समाज नेदरल्याडद्धारा ‘विपद कोष’ मा १ लाख १७ हजार सहयोग

२३,असार, पर्वत पर्वत समाज नेदरल्याण्डले जिल्ला अस्पताल पर्वतले स्थापना गरेकोविपत कोषमा एक लाख भन्दा बढि रकम सहयोग गरेको पर्वत स्थायी भर भई हाल नेदरल्याण्ड बस्दै आएका पर्वतेलीहरुको साझा संस्था पर्वत समाज नेदरल्याण्डले अस्पतालले स्थापना गरेको कोषमा लाख १७ हजार ३९७ रुपैयाँ सहयोग गरेको हो

जिल्ला अस्पताल पर्वतले विपन्न, असहाय तथा आर्थिक रुपमा कमजोर नागरिकहरुको उपचारका लागि स्थापना गरेको कोषमा थोरै भएपनि सहयोग पु¥याउने उद्देश्यले रकम सहयोग गरेको पर्वत समाज नेदरल्याण्डका अध्यक्ष नर रोकाले जानकारी दिनुभयो उहाँले पर्वत समाज नेदरल्याण्ड नेदरल्याण्ड रहेका पर्वतेली नेपालीहरुको संयुक्त पहलमा रकम सहयोग गरेको बताउनु भयो   उहाँले आगामी दिनमा पनि जिल्ला अस्पताल पर्वतको विकास प्रर्वद्धनमा सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएको

आर्थिक अभावका कारण उपचारवाट बञ्चित हुनुपर्ने अवस्था सृजना भईरहेको अवस्थामा पर्वत अस्पतालले स्थापना गरेको कोषले गरिव तथा विपन्न नागरिकको जिवनमा प्रत्यक्ष फाईदा पुग्ने रोकाको विश्वास जिल्लामा आइपर्ने प्राकृतिक तथा देवी विपत्ति जिल्लाको विकासमा सहयोग पु¥याउने उद्देश्यले गठित पर्वत समाज नेदरल्याण्डले यस अघि पनि जिल्लामा थुप्रै सामाजिक काम गदै आएको

जिल्ला अस्पताल पर्वतले स्थापना गरेको विपद कोषमा हालसम्म दश लाख ३३ हजार सय ३२ रुपैयाँ संकलन भएको संकलित रकमलाई मुद्धति खातामा राखेर व्याजबाट विपन्न तथा असहाय व्यक्तिहरुको उपचारर्थ खर्च गरिने अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी गिरीले जानकारी दिनुभयो उहाँले  भौगलिक दृष्टिले टाढा भएपनि भावनात्मक रुपमा साथ भएको अनुभूति गराउने गरि सहयोग प्रदान गरेकोमा पर्वत समाज नेदरल्याण्डका अध्यक्ष नर रोका लगायत पदाधिकारी एवम् सम्पूर्ण पर्वतेलीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)