Correspondent, ParbatNepal
5 years ago
1299
२२ असार, पर्वत । महिलाहरुको सीप एंव नेतृत्व बिकास सँगै स्वरोजगारको क्षेत्रमा काम गर्दै आएको पखेटा नेपाल पोखराले पर्वतको क्वारेण्टाइनमा बस्ने महिलाहरुका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । ‘स्वतन्त्र जीवनको लागि पखेटा’ भन्ने मुल नाराका साथ स्थापना भएको उक्त संस्थाले पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माविको क्वारेण्टाइनमा बस्ने महिलाहरुका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिढ–१९) को जोखिम नियन्त्रण तथा रोकथामका लागि देश नै लकडाउनमा छ । भारत तथा तेस्रो मुलुकबाट नेपाल आई विभिन्न क्वारेण्टिनमा बस्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । यो विषम परिस्थितीमा महिलाहरुलाई हुने मासिक श्राप(महिनावारी) का समयमा अति आवश्यक पर्ने भएकाले सेनेटरी प्याड लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको संस्थाकी संस्थापक अध्यक्ष बिनु श्रेष्ठले बताउनु भयो ।
