Correspondent, ParbatNepal
5 years ago
1368
पर्वत/मोदीवेणीमा रहेको
मोदीवेणी जेष्ठ
नागरिक आश्रमलाई
गण्डकी विकास
वैंक कुश्मा
शाखाले १६
थान पलङ
र १६ थान
विस्तारा सहयोग
गरेको छ
। गण्डकी विकास
वैंक कुश्मा
शाखाका शाखा
प्रवन्धक केशव
आचार्यले मोदीवेणी
दिव्य धामका
उपाध्यक्ष खुमराज
पराजुलीलाई हालैमात्र
उक्त सामाग्री
हस्तान्तरण गर्नु
भएको हो
।
सहयोग सामग्री
हस्तान्तरण गर्दै
शाखा प्रवन्धक
आचार्यले जेष्ठ
नागरिक राज्यका
महत्वपूर्ण सम्पत्ति
भएको वताउँदै
उहाँहरूको सम्मानपूर्ण
बाँच्न पाउने
अधिकारको ग्यारेन्टी
राज्यले गर्नुपर्ने
धारणा राख्नु
भएको थियो
। कार्यक्रममा धामका
उपाध्यक्ष खुमराज
पराजुलीले जेष्ठ
नागरिकलाई घर
र समाजले उपेक्षा
गरेको अवस्थामा
गण्डकी विकास
वैंकले गरेको
सहयोग अनुकरणीय
रहेको भन्दै
वैंकको प्रशंसा
गर्नुभएको थियो
। उपाध्यक्ष पराजुलीले
यस्तो सहयोग
अन्य दाताहरूले
पनि गरे
जेष्ठ नागरिकलाई
आत्मसम्मान बढ्ने
दाबी गर्नुभयो
।
