Correspondent, ParbatNepal
5 years ago
1738
पर्वत
। पर्वतको कुस्माबजारमा १५ बर्षिया बालिका
बलात्कृत भएृको घटना ७ महिनापछि बाहिर आएको छ ।
पर्वतको
कुस्माबजारमा सामान बिक्रीको काम गर्दै आएका एक युवाले गएको पौषमा बालत्कार गरेपनि
पिडीतले असारको तेस्रो साता मात्र प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो । बलात्कृत
बालिका गर्भवती समेत रहेकी छन ।
सिन्धुपाल्चोक
जिल्लाको चौतारा नगरपालिका वडा नं ८ बस्ने २१ बर्षिय टेकबहादुर श्रेष्ठलाई बालिका बलात्कार
गरेको आरोपमा प्रहरीले पक्रेको छ । फेसबुकबाट चिनजान भएकी बालिकालाई बिबाहको प्रलोभनमा
पारेर श्रेष्ठले पौष २ गते कुस्माबजारमा रहेको आफ्नो कोठामा बलत्कार गरेको पिडितले
बताएकी छन । पिडीतले असार १९ गते प्रहरीमा उजुरी दिएपछि प्रहरीले पक्रेको थियो । आरोपित
श्रेष्ठ कुस्मा नगरपालिका वडा नं ५ मा बस्दै आएका छन ।
बिबाहको प्रलोभनमा परि बलात्कृत भएकी बालिकाको गर्भमा ६ महिनाको गर्भ रहेको पाइएको छ । बलात्कारको आरोप लागेका श्रेष्ठलाई पर्वत जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गर्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।
