Correspondent, ParbatNepal
5 years ago
1182
पर्वत
। राष्ट्रिय परीक्षा बोर्डले विद्यालयलाई असार २० गतेभित्र माध्यमिक शिक्षा परीक्षा
एसईईको प्राप्ताङ्क तालिका शिक्षा विकास तथा समन्वय इकाई (साविक जिल्ला शिक्षा कार्यालय)मा
पठाउन भनेको छ । बोर्डका अध्यक्ष चन्द्रमणि
पौडेलले आगामी साउन १५ गतेभित्र एसईई नतिजा प्रकाशन गर्ने लक्ष्य अनुसार विद्यालयलाई
ताकेता गरिएको जानकारी दिनुभयो ।
माध्यमिक
शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि,
२०७७ सबै विद्यालयले आफ्ना विद्यार्थीको मूल्यांकन गरी तालिका पठाउनु पर्नेछ । मूल्यांकन
समितिले तयार गरेको प्रमाणित प्राप्ताङ्क तालिका मार्क लेजर असार २० गतेभित्र अनिवार्य
रूपमा शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ ।
त्यसैगरी समन्वय इकाईहरूले विद्यालयबाट प्राप्त प्राप्तांक विवरण र मूल्यांकन समितिद्वारा प्रमाणित गरी पठाएको मार्क लेजर भिडाएर प्रयोगात्मक र सैद्धान्तिक अंकसहित असार ३० गतेभित्र परीक्षा बोर्डमा पठाइसक्नु पर्नेछ ।
