Correspondent, ParbatNepal
5 years ago
1633
पर्वत – पर्वतको दुर्लुङ्ग पहिरोका पीडितलाई दुर्लुङ्ग समाज युकेले ९ लाख ६४ हजार ३ सय ७ रुपैयाँ सहयोग गरेको छ । आफु बिदेशमा भएपनि आफ्नो गाउँठाउँमा ठुलो जनधनको क्षति हुने गरी भएको दु:खद घटनामा केहि भएपनि राहत होस् भनेर सहयोग संकलन गरेको दुर्लुङ्ग समाज युकेका अध्यक्ष रक्ष गुरुङले बताउनुभयो ।
समाजबाट संकलित
रकम तत्काल
पीडित परिवारलाइ
नेपाल पठाइएको
आर्थिक संयोजक
रक गुरुङ बिकासले जानकारी दिनुभयो
। गएको जेष्ठ ३१ गतेको पहिरोबाट मृत्यु
भएका ९ जनालाइ ७५ हजारका
दरले ६ लाख ७५ हजार मृतकका परिवारलाइ हस्तान्तरण
गरिएको छ । त्यस्तै पहिरोबाट
क्षति भएका ३ परिवारलाई ३१ हजार १ सय ५० का दरले ९३ हजार ४ सय ५० र कोरोना महामारी लकडाउन
बाट प्रभावित
अति बिपन्न
५० परिवारलाइ
२५ किलो चामल, ५ किलो दाल, ६ लिटर खाने तेल गरी १ लाख ९८ हजार बराबरको खाद्यान्न
सहित कुल ९ लाख ६४ हजार ३ सय ७ रुपैयाँ को राहत प्रतिनिधि सभा सदस्य लालकाजी गुरुङ र नेपाली कांग्रेसका
पुर्व पार्टी
सभापति नवराज गुरुङले एक कार्यक्रमका बिच संयुक्त
रुपमा बितरण गर्नुभयो ।
राहत वितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य लालकाजी गुरुङले विपतमा मानवीय भावनाले सहयोग गर्ने दुर्लुङ्ग समाज युकेलाइ धन्यवाद दिनुभयो । त्यस्तै सांसद गुरुङले आफ्नो गाउँमा भएको ठुलो घटनाले आफु लगायत सबैलाई दुखी बनाएको बताउँदै अब शोकलाइ शक्तिमा बदलेर जिउन सबैलाई आग्रह समेत गर्नुभयो । सांसद गुरुङले दुर्लुङ्ग पहिरो पीडितलाइ उचित क्षतिपूर्ति र पुनर्स्थापनाका लागी आफुले संसदमा जोडदार कुरा उठाएर सरकारको ध्यानाकर्षण गराएको समेत बताउनुभयो ।
त्यस्तै गुरुङले यो बिपतको घडीमा केहि ब्यक्तिहरुले शक्ति र सत्ताका भरमा राजनीति गर्न खोज्नु दु:खद भएको समेत बताउनुभयो । त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस पर्वतका पुर्व पार्टी सभापति नवराज गुरुङले कोरोना भाइरसले बिश्व आक्रन्त भएको बेलामा आफ्नो पसिनाले कमाएको पैसा र गास कटाएर पीडितलाई सहयोग गर्ने दुर्लुङ्ग समाज युकेका दाजुभाइ दिदीबहिनी चेलीबेटीहरु प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सबै ठाउँबाट यस्तै मानवीय भावनाले सहयोग गर्न आग्रह गर्नुभयो । नेता गुरुङले आफुले घटना घटेको दिन देखी नै विभिन्न पहल गरि दुर्लुङ्गमा २ दिनमै राहत बोकेर आएको स्मरण गर्दै त्यसपछि धेरै ठाउँबाट सहयोग दिनेहरू आउन थालेको बताउनुभयो । गुरुङले आफु संधै जनताको दुखसुखमा संगै रहेको समेत बताउनुभयो ।
राहत बितरण कार्यक्रममा कुश्मा
नगरपालिका प्रमुख
रामचन्द्र जोशी, उपप्रमुख सिता काफ्ले लामिछाने, दुर्लुङ्ग
समाज युकेका
संस्थापक अध्यक्ष
नरजंग गुरुङ , सल्लाहकार थमन बहादुर गुरुङ, लगायतले
बोल्नुभएको थियो ।राहत बितरण कार्यक्रमको संयोजक
प्रितम गुरुङ को अध्यक्षता, कार्यक्रम
बारे जानकारी
तथा स्वागत
प्रभु गुरुङ र संचालन नेपाली
कांग्रेस दुर्लुङ्गका सभापति बालकृष्ण
शर्माले गर्नुभएको
थियो । कार्यक्रममा शस्त्र
प्रहरीका एसएसपी
सोम बहादुर
गुरुङ, नेपाली
सेनाका कर्नेल
अर्जुन दुलाल, नेपाल प्रहरीका प्रतिनिधिहरु लगायत विभिन्न
संघसंस्थाका प्रमुख
प्रतिनिधि र गाउँलेहरुको उपस्थिति
रहेकोे थियो ।
