Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1413




गण्डकीका तीन जिल्लामा भर्खरै थपिए ३२ कोरोना संक्रमित
गण्डकीका तीन जिल्लामा भर्खरै थपिए ३२ कोरोना संक्रमित

१३ असार, पर्वत पर्वत स् गण्डकी प्रदेशमा शनिबार बिहान थप ३२ जना कोरोना संक्रमित थपिएका छन् यसँगै संक्रमितको संख्या ८३८ पुगेको छ।

 गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा बाग्लुङ, स्याङ्जा नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०का व्यक्तिमा संक्रमण पुष्टि भएको हो। 

बाग्लुङको ढोरपाटन नगरपालिकाका एक पुरुष काठेखोला गाउँपालिकाका सात पुरुषमा संक्रमण देखिएको हो। यस्तै, स्याङ्जाको पुतलीबजार नगरपालिकाका एक पुरुष, विरुवा गाउँपालिकाका एक पुरुष अर्जुनचौपारी गाउँपालिका १२ महिलो बालकसहित १३ पुरुष जना महिलामा संक्रमण पुष्टि भएको हो। यस्तै, वालिङ नगरपालिकाका एक पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०को हुप्सेकोट गाउँपालिकाका दुई पुरुषमा संक्रमण देखिएको हो वालिङ नगरपालिका हुप्सेकोट गाउँपालिकाका व्यक्तिहरु आइसोलेसनमै रहेका छन्। अन्य संक्रमितहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको   स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)