Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1416




पर्वतको दुर्लुङका पहिरोपिडित र जोखिममा परेका व्यक्तिलाई सहयोग हस्तान्तरण
पर्वतको दुर्लुङका पहिरोपिडित र जोखिममा परेका व्यक्तिलाई सहयोग हस्तान्तरण

१२ असार, पर्वत । गएको जेठ ३१ गते राती ९ जनाका ज्यान लिनेगरी गएको भिषण पहिरोका कारण घरवार गुमाएका र जोखिममा परेका परिवारहरुलाई आर्थिक तथा सुरक्षा सामाग्री सहयोग गरिएको छ ।पहिरोका कारण २६ भन्दा बढि घर उच्च जोखिमा रहेका छन् । ति घर परिवारलाई राहत र सहयोगका लागि रोटरी क्लव अफ पर्वतले विभिन्न सुरक्षा समाग्र र अन्इ व्यक्तिहरुबाट संकलित ३ लाख १८ हजार रुपैया प्रदान गरिएको हो ।


शुक्रवार प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरी सहित गाउँमा पुगेको टोलीले मृतकका परिवारलाई नगद तथा मृतकका परिवार र घरवास जोखिममा परेका परिवारहरुलाई सुरक्षा सामाग्रीहरु सहयोग गरेको हो । रोटरी क्लब अफ नेपालको प्रकोप सहयोग कार्यक्रम अन्तर्गत प्राप्त भएका सुरक्षा सम्बन्धि सामाग्री र विभिन्न ब्यक्तिले संकलन गरेको सहयोग गर्दै प्रतिनिधि सभाका सांसद पदम गिरीले पहिरोका कारण उच्च जोखिममा रहेको वस्ती र घरहरुलाई स्थानान्तरण गरी सुरक्षित वस्ती निर्माणको लागि संघीय सरकारमा पहल भइरहेको बताउनुभयो । उहाँले वर्षायाम बल्ल शुरु भएकाले सावधानी अपनाउन आग्रह गर्दै जोखिममा परेका घरपरिवारहरु रातीको समयमा सुरक्षित स्थानमा आश्रय लिएर बस्न पनि सझाव दिनुभयो । उहाँले नयाँ बस्ती प्राकृतिक विपद्वाट बढि सुरक्षित हुने गरी विशेषज्ञको सल्लाह र सुझाबका आधारमा तय गर्ने गरी संघीय सरकारले अध्ययन गरीरहेको बताउनुभयो ।

कार्यक्रममा स्थानीय थमप्रसाद थापा र इन्द्रप्रसाद शर्माले संकलन गरेको रु।२ लाख ४६ हजार नगद, स्थानीय शेरबहादुर गुरुङ, महेन्द्र नेपाली, ज्ञानेन्द्र नेपालीले संकलन गरेको रु। ३६ हजार ५ सय २०, निर्माण ब्यवसायी सागर श्रेष्ठले ब्यक्तिगत सहयोग गरेको रु।२६ हजार नगद र सञ्चारकर्मी सञ्जय रेग्मी मार्फत संकलन भएको रु। १० हजार सहित रु।३ लाख १८ हजार ५ सय २० रुपैया रकम पहिरो पिडितका लागि प्रदान गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलले पहिरो पीडित परिवारले भोगेको पीडा कम गर्न सबै लाग्नुपर्ने भन्दै यहाँको दीर्घकालीन ब्यवस्थापन गर्न नसक्दा थप क्षति ब्यहोर्नुपर्ने अवस्था आउने विषयमा सजग गराउनुभयो ।


सहयोग हस्तान्तरण कार्यक्रममा नेकपाका नेता मेघनाथ सुवेदी, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, रोटरी क्लब पर्वतका पूर्व अध्यक्ष गोपी अधिकारीले जोखिमयुक्त बस्तीलाई तत्काल ब्यवस्थापन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।वडाअध्यक्ष तेजप्रसाद सुवेदीले सहयोग हस्तान्तरण गर्ने प्रति धन्यवाद मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफ पर्वतका अध्यक्ष लेखनाथ शर्मा र सञ्चालन क्लबका पूर्व अध्यक्ष गणेश पौडेलले गर्नुभएको थियो । पहिरोका कारण जोखिममा परेका बस्तीका बासिन्दाहरु निकै समस्यामा रहेका छन् । उक्त गाउँका एक दर्जन बढि घरका परिवार विस्थापित जस्तै बनेका छन् भने अन्य परिवारहरु समेत जोखिममा रहेका छन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)