Correspondent, ParbatNepal
5 years ago
1221
१२
असार, पर्वत । धौलागिरी अस्पताल बागलुङमा कोरोनाको परीक्षणका लागि पिसिआर ल्याव सञ्चालनमा
आउने भएको छ । महामारी बढ्दै गएपछि नेपाल सरकारले धौलागिरी अस्पतालसहित देशका सातै
प्रदेशका २३ स्थानमा अतिरिक्त ल्याव सञ्चालनमा ल्याउन लागेको हो ।
गत
असार १० गते बसेको स्वास्थ्य मन्त्रीसहितको मन्त्रालयको बैठकले तत्कालै दश स्थानमा
ल्याव सञ्चालन गर्ने निर्णय गरेको छ । तत्काल पिसिआर जाँच गर्ने ल्याव सञ्चालनमा आउने
अस्पतालहरुको सूचीमा धौलागिरी अस्पताल परेको छ । प्राबिधिक जनशक्ति, उपकरणलगायतको व्यवस्थापनका
लागि प्रकृया अघि बढेको मन्त्रालयले जनाएको छ ।
आज बसेको सचिव स्तरीय बैठकले उक्त निर्णय कार्यान्वयनका लागि प्रक्रिया थाल्ने निर्णय गरेकाले छिट्टै ल्याव सञ्चालनमा आउने छ । कहिलेदेखि संचालनमा आउँछ भन्ने समय तोकिएको छैन । अस्पतालमा पिसिआर ल्यावका लागि स्थानीय बागलुङ नगरपालिकाले आगामि आर्थिक बर्षका लागि २५ लाख रुपैयाँ बिनियोजन गरेको छ ।
