Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1512




फलेवास नगरपालिका : खडल खन्न अनुदान सहित विरुवा वितरण
फलेवास नगरपालिका : खडल खन्न अनुदान सहित विरुवा वितरण

१३ असार, फलेवास ।  फलेवास नगरपालिकाले कृषकहरुलाई व्यावसायिक फलफुल खेतीतर्फ आकर्षित गर्नका लागि खाडल अनुदान सहित बिरुवा वितरण गर्न थालेको छ । बिरुवा मात्र अनुदान मा दिँदा कृषकको एक हात मा कुटो एक हात मा बिरुवा हुने अनि व्यवस्थित तरिकाले बिरुवा नरोप्ने समस्या बढेपछि खाडल खन्नका लागि समेत आर्थिक सहयोग गर्ने भएको हो ।

चालु आर्थिक वर्षमा खाडल अनुदान सहित फलफुल बिरुवा अनुदानमा उपलब्ध गराएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । नगरपालिकाले गत मंसिरमा कृषकहरु लाई सुचना जारी गरि आवश्यक विरुवाको माग सन्कलन गरि बैशाखसम्म मा खाडल खनिसक्नु पर्ने सुचना जारी गरेको थियो । उक्त खाडलको अनुगमन सामाजिक अभियान्ता, जनप्रतिनिधि र प्राबिधिक सहित को टोलिले बैशाख २१ गते बाट ३० गते सम्म गरेको थियो । उक्त खाडलको अनुगमनको आधारमा नगरपालिकाले आँप, लिची, सुन्तला र कागतीका बिरुवा अनुदान मा कृषक लाई उपलब्ध गराएको छ ।

नगरपालिकाले २ हजार आँप २ हजार लिची १५ हजार कागती र ४० हजार सुन्तला वितरण गरेको नगरपालिकाका कृषि अधिकृत सन्तोष सुवेदीले बताउनुभयो । त्यसैगरि नगरमा रहेको पाखो बारिमा फलफुल रोपि नगर लाई फलफुल मा आत्मनिर्भर बनाइ कृषकको आयस्तर वृद्धि गर्ने उदेश्यले बिरुवा हाम्रो उत्पादन तपाइको कार्यक्रम राखिएको र समग्र नगरपालिका लाई क्लिन, ग्रीन सङ्गै समृद्धि तर्फ दिशा निर्देशन गरिएको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो ।

करिव २० लाखको लागतमा सन्चालन गरिएको यस कार्यक्रम मा खाडल अनुदान सुन्तला कागतीको रु १५ लिची को रु २५ र आँप को रु ३० रहेको छ । त्यसै गरि कृषकले कागती ४(५ मिटर, सुन्तला ५(६ मिटर र आँप लिची ८(१० मिटरको दुरिको फरकमा सुन्तला कागतीको लागि २ दशमलब ८२ फिटको खाडल र आँप लिची को लागि ३ दशमलब ८३ फिट को खाडल खनेपछी मात्र खाडल अनुदान पाउने छ्न । आँप अम्रपाली, लिची सिडलेस , कागती सुनकागती १ र सुन्तला स्थानप्य जातका बिरुवा बितरण गरिएको नगरपालिका कृषि अधिकृत सुबेदीले जानकारी दिनुभयो ।

कृषि मार्फत समृद्धि हासिल गर्नका लागि नगरले प्रत्यक्ष रुपमा कृषकलाई लाभ पुग्ने खालका कार्यक्रमहरु अघि सारेको छ । नगरले आगामी आर्थिक वर्षका लागि पनि एक घर एक बगैचा, क्लिन फलेवास ग्रिन फलेवास लगायत कृषि क्षेत्रलाई प्राथमिकतामा रोखको नगर उपप्रमुख मञ्जु अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)