Correspondent, ParbatNepal
5 years ago
1290
१२
असार, पर्वत । पर्वतको कुश्मामा जग बनाएर छाडिएको हिँसा पीडितको आश्रय स्थल निर्माणलाई
पूर्णता दिईने भएको छ ।
कुश्मा
नगरपालिकाको अगुवाईमा ६ कोठा बन्ने गरि भवनको काम पुरा गरिने भएको हो । कुश्मा नगरपालिकाका
उपप्रमुख सीता काफ्ले लामिछानेको नेतृत्व रहने गरि एक जिल्ला स्तरिय समिति बनाएर भवन
निर्माणको काम लाई पुन : सुचारु गर्न थालिएको छ । जिल्लाका सबै स्थानीय तहको लगानीमा
आश्रय स्थलको काम पुरा गर्न थालिएको लामिछानेले बताउनुभयो । आवश्यक बजेट सबै स्थानीय
तहले व्यहोर्ने र आश्रय स्थललाई जिल्लास्तरीय बनाउने प्रयास रहेको उहाँले बताउनुभयो
।
वडागाउँमा
जग चिनेर छाडिएको आश्रय स्थल बनाएपछि यसले जुनसुकै हिँसाबाट पीडित भएकाहरुलाई आश्रय
संगै आवश्यक मनोपरामर्श र कानुनी उपचारको सहयोग गरिने कार्यक्रम तय गरिएको छ । बिगतमा
जुन अपेक्षाका साथ आश्रय स्थल बनाउन थालिएको थियो त्यसलाई निरन्तरता दिने उदेश्य नगरपालिकाले
लिएको छ । कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत
आश्रय स्थलको कुरालाई प्राथमिकतामा राखेको छ ।
अधुरो
रहेको काम पुरा गर्न नगरपालिकाले नीति तथा कार्यक्रममा समाबेश गरेकोमा सामाजिक अभियान्ताहरुले
सकारात्मक कदम भनेका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले हरेक जिल्लामा
एउटा हिँसा पीडितका लागि आश्रय स्थल बनाउने कार्यक्रम तय गरेको छ ।
सरकारको लक्ष्य पछयाउँदै पर्वतको कुश्मामा पनि आश्रय स्थल बनाउन आवश्यक भएपछि जिल्ला प्रसासन, नेपाल सरकार,स्थानीय सरकार र सामाजिक अभियान्ताहरु संग परामर्श गरि काम अगाडी बढाइएको छ ।
