Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1916




पर्वतबासीलाई खुशीको खवर : जिल्लामै पिसिआर परिक्षणको मेसिन खरिदका लागि अभियान शुरु
पर्वतबासीलाई खुशीको खवर : जिल्लामै  पिसिआर परिक्षणको मेसिन खरिदका लागि अभियान शुरु

१२ असार, पर्वत । पर्वतमा पीसीआर मेशिन खरिद गर्ने अभियान शुरु भएको छ । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीका अनुसार जिल्लाका सातै स्थानीय तहको अनुरोधमा वृहत छलफल गरि यससम्बन्धि बिस्तृत अध्ययन भैरहेको छ ।

पीसीआर मेशिन ल्याउन आवश्यकता देखेर अभियान शुरु गरिएको जोशीले बताउनुभयो । मेशिन खरिदका लागि राष्ट्रियसभाका अध्यक्ष, प्रदेशका मन्त्री, सभामुख, संघीय साँसद देखि स्थानीय तहका प्रमुखहरु सकारात्मक रहेका जोशीले बताउनुभयो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले मेशिन खरिद गर्न ३६ लाख रुपैयाँको जोहो गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । स्थानीय तहहरुले ५० लाख रुपैयाँ खर्च व्यहोर्ने मोटामोटी सहमती भएपनि यसबारेमा आईतबार छलफल गरि ठोस निर्णय हुने भएको छ । पीसीआर मेशिनको चौतर्फी माग भएपछि विकास बजेट कटौती गरेर भएपनि ल्याउने बारेमा स्थानीय तहका प्रतिनिधी लागिपरेका छन् ।

पर्वतमा भारतबाट फर्किनेहरु रिपोर्ट ढिलो आउँदा दुई हप्तासम्म सदरमुकाममा क्वारेण्टाईनमा र थप १४ दिन स्थानीय तहका क्वारेण्टाईनमा बस्नुपर्दा सकस भएको छ भने व्यवस्थापनमा खर्च बढेको छ । पोखरा स्थित प्रादेशिक प्रयोगशालाले ढिलो रिपोर्ट दिँदा जिल्लाका क्वारेण्टाईन भरिँदै गएका छन् । जिल्लामा भारत र तेस्रो मुलुकबाट कोरोना संक्रमणका कारण मानिसहरु फर्कने क्रम शुरु भइसकेको छ । घरमा फर्कने नेपालीहरुको संख्या ठूलो देखिन्छ । त्यस मध्ये तेस्रो मुलकबाट पर्वतमा फर्केनेको संख्या ठूलो हुने अनुमान गरिएको छ । कोरोना संक्रमणका कारण विदेशमा पनि रोजगारका अवसरहरु गुमेका कारण कतिपय नेपालीहरु घर फर्कन चाहेका छन् ।

लक डाउन र त्यस पछि भएको अन्तराष्ट्रिय उडान बन्दले रोकिएका उनीहरु अन्तराष्ट्रिय उडान सुचारु भएसंगै जिल्लामा फर्कनेछन् । जिल्लामा स्वास्थ्य कार्यालयहरुले गरेको प्रक्षेपण अनुसार भारतबाट मात्रै २ हजार १ सयमा मानिस पर्वतमा फर्कनसक्नेछन । तेस्रो मुलुकबाट भने ५ हजार ५ को हारहारीमा मानिस फर्कने अनुमान गरिएको छ । विहिवार कुश्मा बजारमा आयोजीत स्वास्थ्यकर्मीको लागि अनुशिक्षण कार्यक्रममा स्वास्थ्यकर्मीले यस्तो तथ्यांक प्रस्तुत गरेका हुन । हालसम्म पर्वतमा भारतबाट ४ सय ३७ जना मानिस फर्किएका छन् । तेस्रो मुलकबाट भने यो अवधिमा ३४ जना मानिस फर्किएका छन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)