Correspondent, ParbatNepal
5 years ago
1668
पर्वत । पर्वतमा जन्मिएर रोजगारीको शिलशिलामा बेलायत (यूके) पुगेका पर्वतेलीहरुको साझा संस्था पर्वत वलफेयर सोसाईटी यूकेले दुर्लुङको बाढिपहिरोमा पुरिएर मृत्यु भएका मृतकका परिवारलाई घर बनाईदिने भएको छ । जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङ ढकालबारीमा गत जेठ ३१ गते साँझ घर माथिवाट आएको पहिरोमा पुरिएका ९ जनाको मृत्यु भएको थियो । उक्त घटनाप्रति संस्थाले दुःख व्यक्त गदै पीडितहरुको पुर्नवासका लागि ५ लाखसम्मको घर बनाईदिने निर्णय गरेको छ । वलफेयर सोसाईटी यूकेले यसअघि पीडितको सहयोगार्थ रकम संकलन गदै आएको थियो ।
पीडितहरुको सहयोगार्थ धेरै संघसंस्थाले आर्थिक रकम सहयोग गरेको भन्दै संस्थाले दिर्घकालिन रुपमा टेवा पु¥याउने उद्देश्यले एउटा घर बनाईदिने घोषणा गरेको हो । पर्वत वलफेयर सोसाईटी यूकेका अध्यक्ष नेत्र आलेको अध्यक्षतामा बसेको भिडियो जुम बैठकले बाढि पहिरो पीडितको लागि ५ लाखसम्मको घर निर्माणका लागि सहयोग गर्ने जनाएको छ । उक्त संस्थाले कुश्मा नगरपालिका सँग समन्वय गरेर छिट्टै घर बनाई हस्तान्तरण गर्ने जनाएको छ ।
अध्यक्ष नेत्र आलले पीडितहरुको पुर्नबासका लागि पर्वत वलफेयर सोसाईटी यूकेले घर बनाईदिने बताउनु भयो । उक्त घटनाले प्रवासमा रहेका सम्पूर्ण पर्वतेली सँगै अन्य जिल्लाका नागरिकहरुले पनि चासो देखाई सहयोग गर्नुभएको भन्दै सबै सहयोगीलाई धन्यवाद समेत दिनुभएको छ ।
त्यसै गरि बैठकले गत महिना मे मा निधन भएको दुर्गा वहादुर गुरुङ र उनकी श्रीमती देउमाया गुरुङलाई आईतवार राहात स्वरुप रकम हस्तान्तरण गर्ने भएको छ । पर्वत वलफेयर सोसाईटी यूकेले उनीहरुको सहगार्थ २ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण उनीहरुको मे १३ र २३ मा निधन भएको थियो । पर्वत वलफेयर सोसाईटी यूकेले दिएको जानकारी अनुसार बेलायतमा हालसम्म कोरोना भाइरसका कारण ६ जना पर्वतेली नेपालीहरु मृत्यु भएको छ । संस्थाले उनीहरुको निधनप्रति श्रद्धाञ्जली अर्पण गदै मृत आत्माको चिरशान्तिको कामना गरेको छ । उक्त बैठकमा पर्वत वलफेयर सोसाईटी यूकेका बरिष्ठ उपाध्याक्ष बिनोद पुरि, लेख गुरुङ, सचिव प्रकाश न्यौपाने कोषाध्याक्ष सुरज पौडेल,सदस्यहरु भिमलाल भट्टाराई लगायतको उपस्थिती रहेको थियो भने उक्त कार्यक्रम संस्थाका महासचिव भरत पौडेलले गर्नुभएको थियो ।
