Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1113




पर्वतमा असार दोस्रो हप्तासम्म १५ प्रतिशत रोपाई सकियो
पर्वतमा असार दोस्रो हप्तासम्म  १५ प्रतिशत रोपाई सकियो

पर्वत । असार महिनको दोस्रो सातासम्म पर्वतमा १५ प्रतिशत धान रोपाई भएको छ । कृषि ज्ञान केन्द्र पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीका अनुसार पर्वतमा १५ प्रतिशत खेतमा धान रोपाई भएको हो । यो बर्ष असारको पहिलो साता देखि नै मनसुन सक्रिय भएका काण खेत रोपाईमा भने सहज भएको छ ।


लक डाउन र कोरोना संक्रमणका कारण बजारबाट गाउँ तर्फ फर्कने मानिसको संख्या धेरै भएका कारण पनि धान रोपाईमा गत बर्षहरुको भन्दा यस बर्ष सक्रिय मानिसको संख्यामा बृद्धि भएको छ । गत बर्षहरुमा भन्दा यस बर्ष बाँझो जग्गामा समेत खेती गर्ने दर बढेको छ । कतिपय बाँझो छाडिएका खेत र बारीहरुमा अहिले खेती गरिएको छ । असारको दोस्रो साता चलिरहँदा पर्वतमा धान रोपाई पनि तिव्र गतिमा भइरहेको छ ।


पर्वत जिल्लामा धान फल्ने ९ हजार २१ हेक्टर जमिन रहेको छ । त्यस मध्ये झण्डै १ हजार हेक्टर भन्दा बढिमा रोपाई भैसकेको छ । बाहैमास सिंचाई हुने खेतमा रोपाईका लागि समस्या नभएपनि अन्य ठाउँका कृषकका लागि पनि यस वर्ष समयमै प्रभावकारी वर्षा भएकाले कुनै समस्या भएको छैन ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)