Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1383




पर्वतमा बजेट : कुन स्थानीय तहमा कति बजेट ? हेर्नुहोस् सूची
पर्वतमा बजेट : कुन स्थानीय तहमा कति बजेट ? हेर्नुहोस् सूची

कुश्मा नगरपालिका

पर्वतको कुश्मा नगरपालिकाकाले आगामी आर्थिक वर्ष ०७७र०७८ का लागि झण्डै रु ८० करोड रुपैयाको बजेट सार्वजनिक गरेको छ ।बुधवार सम्पन्न नगरपालिकाको छैटौ नगरसभाले आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि रु ७९ करोड ७८ लाख ५० हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको हो । नगर उपप्रमुख सिता काफ्ले लामिछानेले प्रस्तुत गरेको बजेटमा कार्यालय संचालन र प्रशानिक खर्च तर्फ रु १२ करोड बिनीयोजन गरिएको छ । त्यसैगरी भुक्तानी दिन बाँकी दायित्वमा रु। ५ करोड, १ लाख २३ हजार, सामाजिक विकास तर्फ १ करोड ७० लाख, आर्थिक विकास तर्फ रु। १ करोड ५० लाख, सुशासन तथा अन्तर सम्वन्धित क्षेत्रतर्फ १ करोड, बन वातावरण, फोहोरमैला व्यवस्थापन तथा विपद व्यवस्थापनका लागि रु १ करोड, समपुरक कोषका लागि रु १ करोड, कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषका लागि रु।८० लाख र वडागत पुर्वाधार विकासका लागि २ करोड ८० लाख रुपैया बिनीयोजन गरिएको छ । त्यस्तै भैपरी आउने खर्च, पुँजीगत सुधार खर्च र राहतमा ४४ लाख, नेपाल सरकार सशर्त अनुदानको तोकिए बमोजिम खर्च रु। ३७ करोड २९ लाख, समपुरक विशेष अनुदानको तोकिए बमोजिमको खर्चमा रु। १ करोड ५६ लाख र अन्तर सरकारी अख्तियारी अन्तर्गत रु। १३ करोड ६८ लाख २७ हजार रुपैया बिनीयोजन गरिएको छ । त्यसैगरी कृषि क्षेत्रको व्यावसायिकरण तथा यान्त्रिकिरणका लागि रु ६५ लाख, पशु सेवा विकासका लागि ५५ लाख, पर्यटन पूर्वाधार विकासका लागि रु। १५ लाख, महिला सहकारी विकासका लागि १२ लाख बिनीयोजन गरिएको छ । नगरले आयतर्फ संघीय सरकारको वित्तिय समानीकरण अनुदानमा रु।१३ करोड ३१ लाख, आन्तरिक आयतर्फ रु। ३ करोड, नेपाल सरकारको राजश्व वाँडफाँडवाट रु। ८ करोड ७७ लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी गण्डकी प्रदेश सरकारबाट समानीकरण अनुदान रु।१ करोड २३ लाख ३१ हजार, गण्डकी प्रदेशको राजश्व वाँडफाँडवाट रु। ९३ लाख ९२ हजार, नेपाल सरकारको शसर्त अनुदान वाट रु।३७ करोड २९ लाख, संघीय सरकारको समपुरक अनुदान तर्फ रु।५६ लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी गण्डकी प्रदेश सरकारको समपुरक अनुदानमा रु।५० लाख, विशेष अनुदानतर्फ रु। ५० लाख, सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रमका लागि रु।१२ करोड ६२ लाख ८१ हजार र पर्यटन पूर्वाधार विकास आयोजना तर्फ रु। १ करोड तथा गरिबसँग विश्वेशवर कार्यक्रमका लागि साढे ५ लाख रुपैया आय हुने प्रक्षेपण गरिएको छ । कुश्मा नगरपालिकामा चालु आर्थिक वर्षमा रु। ८३ करोड १९ लाख ८५ हजार रुपैया अनुमानीत आय भएको उल्लेख गरिएको छ भने आगामी आर्थिक वर्षमा रु। ७९ करोड ७८ लाख ५० हजार रुपैया अनुमानीत आय प्रक्षेपण गरिएको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनीले जानकारी दिनुभयो । बुधवार दुईपटक बसेको वैठकले नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । सभामा नगरप्रमुख रामचन्द्र जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

फलेवास नगरपालिका



पर्वतको फलेवास नगरपालिकाले आर्थिक बर्ष २०७७÷०७८ का लागि ८३ करोड २२ लाख ८१ हजार ९ सय ५० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख मञ्जु अधिकारीले बजेट प्रस्तुत गर्दै बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई मुख्यप्राथमिकतामा राखिएको जानकारी दिनुभयो । पुर्वधार विकास तर्फ रु २३ करोड १५ लाख, सामाजिक विकास तर्फ रु ३१ करोड ५३ लाख, आर्थिक विकास तर्फ रु ३ करोड ९५ लाख, प्रकोप, वन वातावरण तथा विपत व्यवस्थापन तर्फ रु। १ करोड २० लाख, संस्थागत तथा शुसाशन तर्फ रु १ करोड, अन्य क्षेत्रलाई २ करोड ४७ लाख ८१ हजार ९ सय ५०, सामाजिक सुरक्षा भत्ता रु। ११ करोड ५० लाख र समानिकरण तर्फको चालू तथा संचालन खर्च रु ८ करोड रहेको छ । त्यस्तै आयशिर्षक अनुसार आन्तरिक आम्दानी रु। १ करोड ५० लाख हुने अनुमान छ । संघीय सरकारबाट प्राप्त वित्तिय समानिकरण रु १० करोड ८ लाख, संघीय सरकारबाट प्राप्त सशर्त चालु अनुदान रु ४१ करोड ३२ लाख, संघीय सरकारबाट प्राप्त राजस्व वाडफाड रु ७ करोड ८ लाख, ८३ हजार, ९ सय ५०, संघीय सरकारबाट प्राप्तविषेश अनुदान २ करोड ३५ लाख, संघीय सरकारबाट प्राप्त समपुरक अनुदान रु। ४ करोड७० लाख, प्रदेश सरकारबाट प्राप्तवित्तीय समानीकरण रु।१ करोड २० लाख ४३ हजार, प्रदेश सरकारबाट प्राप्त राजस्व बाडफाड रु।४१ लाख ५५ हजार, प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान रु। १ करोड, संघीय सरकारबाट सामाजिक सुरक्षावापतको रकम रु। ११ करोड ५०, प्रदेश तथा स्थानीय सरकार क्षमताविकास कार्यक्रमको रु। ७लाख, स्थानीयपुर्वधार विकास कोषबाट प्राप्त रु। ९० लाखपर्यटन विकास बोर्डबाट प्राप्त रु। ३० लाख, सडक बोर्डबाट प्राप्त रु। ३० लाख र अ।ल्या। ५० लाख रहेको छ ।

विहादी गाउँपालिका

पर्वत जिल्लाको विहादी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७र०७८ का लागि बार्षिक वजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको ।बुधवार सम्पन्न गाउँपालिकाको छैटौ गाउँसभाले झण्डै ४० करोड बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम पन्थीका अनुसार आगामी आर्थिक वर्षका लागि ३९ करोड ८९ लाख १० हजार रुपैयाको बजेट प्रस्ताव गरिएको ।प्रस्तुत बजेटमा चालु तर्फ १९ करोड ९३ लाख पँुजीगत तर्फ १९ करोड ९६ लाख १० हजार रहेको आगामी बर्षका लागि सशर्त अनुदान चालु तर्फ १६ करोड ३८ लाख वित्तिय समानीकण तर्फ करोड ५५ लाख रुपैंया विनियाजन भएको यसैगरी संघबाट पुँजीगत तर्फ करोड, प्रदेशबाट समपुरक तर्फ करोड गण्डकी प्रदेश विशेष अनुदान तर्फ ५० लाख वित्तिय समानीकरण तर्फ १२ करोड १३ लाख ५० हजार रुपैंया खर्च गरिने बजेटमा उल्लेख गरिएको यसैगरी गरी क्रमागत योजनाका लागि करोड ३२ लाख ६० हजार रुपैंया विनियोजन गरिएको

महाशिला गाउँपालिका

महाशिला गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७७ /७८ को लागि नीति कार्यक्रम तथा बजेट पारित गरेको गाउँपालिकाको आठौ गाउँ सभाबाट ३४ करोड ४० लाख १८ हजार सय २३ बजेट पारित गर्दे सम्पन्न भएको । गाउँपालिकाको बिदेशबाट फर्केका युवाहरुका लागि ब्यबसायमा ब्याज लगानी गर्ने आकर्षक कार्यक्रम कार्यक्रम बनाएको ।गाउँपाकिलाका अध्यक्ष राजप्रसाद पौडेलद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा आगामी बर्षका लागि कोभिड रोगका कारण विदेशबाट गाउँ फर्केकाहरुलाई गाउँमै रोजगार बनाउने अभियान सञ्चालन गर्न भएको हो ।अभियानलाई गाउँ गाउँमा उद्यम घर घरमा रोजगारी, अव गाउँ फर्क प्यारा प्यारी नारा दिइएको उक्त नाराका आधारमा स्वरोजगार बन्न चाहनेहरुलाई गाउँपालिकाले विशेष सहयोग गर्नेछ उनीहरुलाई ब्यवसाय उद्यममा लगाउनका लागि बजेटको समेत ब्यवस्था गरिएको गाउँपालिका अध्यक्ष पौडेलको भनाई । जसका लागि लाख सम्मको ऋणमा बर्षको ब्याज गाउँपालिकाले तिरीदिने कुरा उल्लेख ऋणदाताले दिएको ऋणमा ब्याज गाउँपालिकाले तिर्ने उनीहरुलाई उद्यमम लगाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको ऋण उपलब्ध गराउनका लागि सम्बन्धित निकायमा गाउँपालिकाले सहजीकरण गरिदिनेछ यस कार्यको लागि कुराहरु कार्य विधि बनाएर गाउँपालिकाले अभियान अघि बढाउने

जलजला गाउँपालिका

पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आठौँ गाउँसभाबाट पारित गरेको जलजला गाउँपालिकाले नविनतम् केहि योजना गतवर्षका योजनालाई निरन्तरता दिने गरि नीति तथा कार्यक्रम पारित गरेको हो गाउँसभामा अध्यक्ष यामबहादुर मल्लले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरिएको  गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, पर्यटक, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, खानेपानी, सरसफाई लगायतका विषयलाई प्राथमिकतामा राखेको गाउँपालिकाले कोभिड १९ ले सृजना गरेको समस्या समाधान तर्फ आगामी वर्षको कार्यक्रममा प्राथमिकता दिएको गाउँपालिकामा संघीय सरकारको समन्वयमा १५ शैयाको अस्पताल निर्माण गर्ने, प्रत्येक स्वास्थ्य चौकीको भौतिक पूर्वाधार सुधार गर्ने जस्ता कार्यक्रम लाई जोड दिएको वेरोजगारी समस्या समाधान गर्नका लागि गाँउपालिका भित्र रहेका वेरोजगार तथा अर्धवेरोजगार युवा÷युवतीहरुलाई नाई सम्वन्धी पलम्वीङ, इलेक्ट्रीसीयन, मेकानिकल एवं लघु उद्यम सम्वन्धी विभिन्न स्वरोजगारमुलक तालिम सञ्चालन गरिनेछ सोका लागि सि.टि..भि.टी सँग समन्वय गरिने मल्ले बताउनुभयो   कोभिड १९ का कारण बिदेशबाट फर्किनुपरेका यूवालाई गाउँमै रोजगारी दिन गाउँपालिकाले जोड दिने भएको गाउँपालिकाले जग्गा लिजमा लिएर यूवालाई खेतीपातीमा प्रेरित गर्ने अध्यक्ष मल्लले जानकारी दिनुभयो पशुपालनमा लाग्ने यूवालाई अनुदान, वाख्रापालन, भैसी तथा गाई फर्म स्थापना, पशु बीमा, बालीविमा लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समाबेश गरेको गाउँपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने कार्यक्रम पनि प्राथमिकतामा परेको गाउँपालिकाले गतवर्ष देखि शुरु गरेका महत्वकाक्षी योजना लाई निरन्तरता दिने जनाईएको हम्पाललाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न बृहत गुरुयोजना बनाएको पनि नीति तथा कार्यक्रममा समाबेश लक्षित समूदायको आर्थिक हैसियत उकास्ने लक्ष्य लिदैं योजना छनौटमा जनसहभागिता बृद्धि गर्ने, सन्तुलित न्योचित विकास गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष मल्लले जडिबुटि खेती प्रवर्दन गर्ने, स्थानीय स्रोत साधानहरुको समूचित प्रयोग गर्ने, ढुंगा गिटी वालुवा, ढुंगाखानी उत्खनन लाई व्यवस्थित बनाउने जनाएको गाउँपालिकाले सबै वडामा सहज सडक बनाउने, सबै बालबालिकालाई विद्यालयको पहुँचमा लैजाने, करलाई बैज्ञानिक बनाउने, तरकारी खाद्यन्न फलफुलका पकेट व्लक बिस्तार गर्ने जनाएको फलफुलका बिरुवा वितरण, कृषि औजार वितरण, मल, बीउ बिषादी वितरण जस्ता कार्यक्रम लाई निरन्तरता दिईएको वडा नं. ,, मा आलु खेति प्रर्वद्धन कार्यक्रम सञ्चालन गरिनेछ उपल्लो भेगको केहि क्षेत्र एवं वडा नं. ,,,,, मा धान तथा वेमौसमी तरकारी एवं फलफुल उत्पादन वृद्धि गर्न कृषि अनुदान कार्यक्रमलाइ निरन्तरता दिइनेछ वडा नं. वासखर्कमा रहेको सुन्तला खेतीको हालको भण्डारण क्षमतालाई  विस्तार गरी बजारीकरण गर्न पहल गरिने मल्लले बताउनुभयो   कालीगण्डकी करिडोरको मध्यविन्दुमा पर्ने यस क्षेत्रमा मझौला तथा ठूला उद्योग कलकारखाना स्थापनाका लागि लगानी आर्कषण गरिने उल्लेख भने स्थानिय स्तरमा सञ्चालीत साना तथा घरेलु प्रकृतिका अल्लोको कपडा, नेपाली कागज, भांग्रो, झोला, खास्टो, सालको टपरी, क्यान्डी, जुस,अचार,ससेज एवं मैनवत्ती उद्योग हरुलाई प्रोत्साहन गरी रोजगारीको अवसर बढाउन सिप विकास तालिम तथा आर्थिक प्राविधिक सहयोग प्रदान गरिने भनिएको कालीगण्डकी नदि किनारका जोखिमयुक्त वस्तीहरु वारीवेनी, वगरफाँट, लामाखेत मोहनचोक, मिलनचोक, फर्से, खनीयाघाट लगायतका वस्तीहरुको संरक्षणका लागि नदिकटान नियन्त्रणका कार्यहरु गर्दै संघ तथा प्रदेश सरकारसँग गरिएको पहलवाट थप तटवन्ध निर्माणका कार्यक्रमहरु समावेश भएका छन् । प्रदेश सरकारको समन्वयमा सडक बिस्तार कालोपत्रेका योजना आगामी वर्षका कार्यक्रममा निरन्तर रुपमा सञ्चालन हुने जनाईएको उपलव्ध स्रोत साधनका आधारमा वातावरण संरक्षणको साथै दिगो सन्तुलित विकास गर्न भौगोलिक, क्षेत्रगत, समावेशी विकासको अवधारणालाई अवलम्वन गर्ने नीति लिईएको ।विद्यार्थी शिक्षकको अनुपात मिलाई सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन दरवन्दी मिलान गरिने पनि उल्लेख गरिएको शिक्षक विद्यार्थी अनुपात बढी भएका विद्यालय तथा विज्ञान, गणित अंग्रेजी शिक्षक नपुग भएका विद्यालयमा स्वयंसेवक शिक्षक परिचालन गरि अध्यापन कार्य सञ्चानल गरिने बताईएको अध्यक्ष मल्लले प्रस्तुत गरेको कार्यक्रममा एक घर एक धारा कार्यक्रम लाई निरन्तरता दिई सवै वडाहरुमा क्रमशः विस्तार गर्दै लगिने उल्लेख अति अशक्त नागरिकहरुलाई जिविकोपार्जनका लागि विशेष राहत, सहुलियत उपलब्ध गराईने पनि कार्यक्रममा समाबेश बैँक तथा वित्तिय संस्था सहकारीको विकासमा पनि गाउँपालिकाले जोड दिएको सूचना सञ्चारलाई पनि नीति तथा कार्यक्रममा जोड दिइएको गाउँपालिकामा आर्थिक उपार्जनका नयाँ नयाँ संभावना खोजी गरि नागरिकहरुको जीवनस्तर उकास्ने गाउँपालिकाले योजना बनाएको दलित, महिला, जनजाती, बालबालिका, जेष्ठ नागरिक, यूवाहरुका लागि विशेष कार्यक्रम समेत गाउँपालिकाले आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने सोचमा रहेको

मोदी गाउँपालिका


जिल्लाको मोदी गाउँपालिकाको कुल बजेट ६२ करोड ५६ लाख ५९ हजार प्रस्तुत भएको गाउँपालिकाको सातौ गाउँ सभामा उपाध्यक्ष सेती महतले उक्त बजेट प्रस्तुत गरेकी हुन प्रस्तुत बजेटमा चालू तर्फ ४० करोड लाख १४ हजार ७५० रकम अर्थात ६३।९८ प्रतिशत पूजीगत तर्फ २२ करोड ५३ लाख ४४ हजार २५० अर्थात ३६।०२ प्रतिशत रहेको ।गाउँपालिकाको सातौँ गाउँ सभामा प्रस्तुत उक्त बजेट उपर गाउँ सभामा छलफल पछि पारित हुनेछ   गाउँ सभामा प्रस्तुत बजेटमा कोभिड विशेष कोष स्थापनाका लागि करोड ५० लाख, ।कोरोना प्रभावित यूवा लक्षित व्यवसायिक कार्यक्रमका लागि ५० लाख रुपैया विनियोजन भएको ।यसैगरी मोदी नमुना कृर्षि नमुना गाउँ स्थापनाका लागि २४ लाख भूमी बैकको स्थापना बाँझो जग्गामा खेती गर्नेलाई मापदण्ड बनाई अनुदानका लागि १२ लाख रुपैंया, गाउँपालिकास्तरीय कृषि उपज संकलन केन्द्र स्थापनाका लागि १२ लाख रुपैंया प्रस्तुत भएको आगामी बजेटमा मुख्यगरी कृषक विमा कार्यक्रम, गाउँपालिकास्तरीय श्रम बैक स्थापना सञ्चालन बालकक्षा सहजकर्तालाई थप पारिश्रमिकको व्यवस्था पनि गाउँपालिकाले गरेको । यसैगरी गाउँपालिकाले स्वास्थ्य सेवा तर्फ एम्बुलेन्स खरिदको थप स्वास्थ्यचौकीमा ल्याव स्थापना, थप स्थानमा सामुदायिक स्वास्थ्य ईकाइ सञ्चालन सुत्केरी सँग उपाध्यक्ष कार्यक्रमको निरन्तरता दिने गरी बजेट विनियोजन भएको गाउँपालिकाले आगामी बर्ष गाउँपालिका भवन निर्माण करोड ५० लाख समेत प्रस्ताव गरेको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)