Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1316




गण्डकीमा संक्रमित ७५३ पुगे, आज ४ जिल्लामा ११ जना थपिए
गण्डकीमा संक्रमित ७५३ पुगे, आज  ४ जिल्लामा ११ जना थपिए

असार ११, पर्वत । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौंडामा गरिएको परिक्षणमा बिहीबार बिहान ४ जिल्लामा ११ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

म्याग्दीमा ६, स्याङ्जामा १, बागलुङमा २ र नवलपुरमा थप २ जनामा कोरोना पुष्टि भएको हो । नवलपुरका संक्रमितलाई आइसोलेसनमा राखिसकिएको र अन्य जिल्लाका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

 

म्याग्दीको मंगला गाउपालिकाका ४ पुरुष, बेनी नगरपालिकाका १ पुरुष र १ महिलामा कोरोना देखिएकको छ । यसैगरी स्याङ्जाको कालीगण्डकी गापाका १ पुरुष, बागलुङको गलकोट नगरपालिकाका २ पुरुष र नवलपुरको मध्यविन्दु नगरपालिकाका १ पुरुषामा बिहीबार बिहान कोरोना पुष्टि भएको हो ।

 

हालसम्म नवलपुरमा १ सय ८३, बागलुङमा १ सय ४२, स्याङ्जामा १ सय ३५, तनहुँमा ९१, पर्वतमा ६८, गोरखामा ७२, कास्कीमा ५४, म्याग्दीमा १४, लमजुङमा ११, मनाङ र मुस्ताङमा १र१ जनामो कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म ४ महिला र ८७ पुरुष गरी ९१ जना निको भएर घर पर्केका छन् ।

 

गण्डकीमा कोरोनाका कारण २ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुने दुवैजना स्याङ्जाका हुन् । वालिङका ५८ वर्षे पुरुष र सिरुबारीका ५५ वर्षे पुरुषको कोरोनाबाट निधन भएको हो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)