Correspondent, ParbatNepal
5 years ago
1540
असार १, पर्वत । जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङ काउलेमा शनिवार रातीको परिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई नेपाल रेडक्रस सोसाईटीले राहात वितरण गरेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतले पहिरो पीडित परिवारलाई त्रिपाल ६ थान, कम्वल १२ थान र किचेन ३ सेट वितरण गरेको हो ।
रेडक्रस सभापती रुद्रवहादुर रिमालले वडाध्यक्ष तेजप्रसाद पाध्या मार्फत राहात हस्तान्तरण गर्नुभएको छ । उच्च जोखिममा रहेका परिवार लगाएतका १६ घरपरिवारलाई क्रमशः जिल्ला विपद व्यवस्थापन समितिको परामर्श अनुसार राहत वितरण गरिने सभापती रिमालले जानकारी दिनुभयो ।
सभापति रिमालले भन्न्ुभयो,‘बाढि पहिरो पीडितलाई सहयोग गर्न जुनसुकै बेलामा पनि रेडक्रस तयार छ । हामी बाढि पहिरो प्रभावित जिल्लाका सबै ठाउँमा राहात वितरणमा जुटिरहेका छौँ ।’
वडा अध्यक्ष तेजप्रसाद पाध्याले पहिरो पीडितलाई राहात वितरण गरेर रेडक्रसले ठुलो काम गरेको भन्दै सबैलाई सहयोगका लागि हातेमालो गर्न आग्रह गर्नुभयो ।
रेडक्रसले केही दिन अगाडी क्वारेण्टाइनमा बसेका नागरिकहरुका लागि सुरक्षाका सामग्री वितरण गरेको थियो । मानवीय दुःख तथा पीडामा निष्पक्ष रुपमा कार्य गर्ने संस्थाका रुपमा परिचित का रुपमा परिचित छ ।
