Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1357




अन्तराष्ट्रिय पर्वत समाजद्धारा स्पेनका पर्वतेलीलाई आर्थिक सहयोग
अन्तराष्ट्रिय पर्वत समाजद्धारा स्पेनका पर्वतेलीलाई आर्थिक सहयोग

पर्वत अन्तराष्ट्रिय पर्वत समाज कारेनाका कारण समस्यामा परेका पर्वतेर्ली नागरिकको सहयोगार्थ जुटेको विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड१९) को रोकथाम नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अहिले रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपाली रोजगार बिहिन भएका छन् यस्तो अवस्थामा अन्तराष्ट्रिय पर्वत समाजले पर्वतेली नागरिकको सहयोग गदै आएको

लकडाउनका कारण भारतको दिल्लीमा समस्यामा परेका नागरिकलाई खाद्यान्न वितरण गर्नुका साथै उनीहरुलाई नेपाल  पठाउन समन्वय गरेको समाजले जिल्ला अस्पताल पर्वतलाई पिपिई लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको थियो त्यस्तै पैयु गाउँपालिका हुवासमा अवस्थित हुवास स्वास्थ्य चौकीलाई पनि पिपिई लगायतका स्वास्थ्य सामग्री सहयोग गरिसकेको समाजले फेरी लकडाउनका कारण स्पेनमा रहेका  पर्वतेली नागरिकहरुको सहयोगार्थ जुटेको हो

अन्तराष्ट्रिय पर्वत समाजले रोजगारीको शिलशिलामा स्पेनमा पुगेर स्थायी बसोवासको अनुमती नपाएका पर्वतेली नागरिकलाई प्रन्ध सय यूरो (झण्डै लाख रुपैयाँ) सहयोग गरेको हो कोरोना भाइरसवाट पर्न गएको असरलाई मध्येनजर गदै उनीहरुलाई आर्थिक सहयोग गरेको समाजले जनाएको

पर्वत समाज स्पेनले आर्थिक सहयोग को माग  गरेको थियो समाजले उनीहरु लाई आर्थिक सहयोग  उपलव्ध गराउने निर्णय गरेको अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक एवम् उच्च स्तरिय समितीका  सदस्य सुभाष जोशीको समन्वय रकम प्रदान गर्न लागिएको हो जोशीले उनीहरुलाई रकम प्रदान गर्न समन्वयत्मक भूमिका खेल्दै आउनु भएको पर्वत नेपाल सँग कुराकानी गदै जोशीले लकडाउनका कारण कोठा भाडा तिर्न समेत समस्यामा परेका पर्वतेली नेपालीहरुलाई राहात स्वरुप रकम प्रदान गर्न लागेको जानकारी दिनुभयो अन्तराष्ट्रिय पर्वत समाजले कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गदै आपतकालीन कोरोना राहात कोष स्थापना गरेको हुँदा सोही कोषवाट रुकम प्रदान उनीहरुलाई रकम प्रदान गर्न लागिएको जानकारी दिनुभयो

पर्वत समाज स्पेनका अध्यक्ष दिनेश राज रेग्मीका अनुसार स्पेनमा स्थायी बसोवासको अनुमती नपाएर समस्यामा परेका पर्वतेली नागरिकहरुलाई आर्थिक सहयोग स्वरुप रकम वितरण गर्ने लागिएको हो    ‘हाम्रा सदस्यहरुलाई सहयोग गर्नु  हाम्रो कर्तव्य हुनाले अन्तराष्ट्रिय पर्वत समाजसँग पहल गरेका हौ ,–अध्यक्ष रेग्मीले भन्नुभयो हालसम्म स्पेनमा कागजी प्रकृयामा रहेका  १५ जना पर्वतेली दाजुभाइ तथा दिदी बहिनीहरु सम्पर्कमा आएको उहाँको भनाई

पर्वत समाज स्पेनले यस अघि लकडाउनवाट प्रभावित बनेका जना पर्वतेली नागरिकहरुलाई खाद्यान्न सहयोग गरिसकेको

अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक एवम् उच्च स्तरिय समितीका  सदस्य सुभाष जोशीको समन्वय रकम प्रदान गर्न लागिएको हो ज्ञ

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)