Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1238




दुर्लुङ : पहिरोमा पुरिएका ३ जनाको शव भेटियो
दुर्लुङ : पहिरोमा पुरिएका ३ जनाको शव भेटियो

जेठ ३१, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा भिषण पानीसंगै आएको पहिरोका परी मृत्यु हुनेको संख्या तिन पुगेको छ । पहिरोका कारण २ वटा घर पहिरोले पूर्णरुपमा क्षति पुराएको छ । कुश्मा ३ दुर्लुङको सरनचौरमा तुलबहादुर थापा र कमला विकको घर पहिरोले पुरेको हो । घरमा रहेकाहरु मध्ये ३ जनाको शव भेटिएको घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुबेदीले जानकारी दिनुभयो ।

सुवेदीका अनुसार तुलबाहादुर थापा,उनकी श्रीमती मिनकुमारी थापा र उनकी नातिनी दिविसा थापाको मृत्यु भएको हो  ।
 बाँकी ६ जना भने अझै हराइरहेका छन् । उनीहरु सम्पर्कमा नरहेको सुवेदीले बताए । पहिरोग्रस्त क्षेत्रमा स्थानीय र सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । रातको समय भएका कारण भने उद्धारमा कठिनाइ भएको छ । क्षतिको पूर्ण विवरण अझै प्राप्त हुन सकेको छैन ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)