Author
ParbatNepal
Correspondent, ParbatNepal
5 years ago
1455
पर्वतमा भिषण बर्षा : दुर्लुङमा पहिरोले घरहरु बगायो
पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा भिषण पानीसंगै आएको पहिरोका कारण विभिन्न घरहरुमा क्षति पुगेको छ । कुश्मा ३ का वडाअध्यक्ष तेजप्रसाद पाध्याका अनुसार आधा दर्जन भन्दा बढि घरहरुमा क्षति पुगेको छ ।
केहि मानिसहरु पनि घरले पुरिएको आशंका गरिएको वडाअध्यक्ष पाध्याले जानकारी दिए । अहिले पनि भिषण पानी परे रहेका कारण उद्धारमा कठिनाइ भएको छ । उद्धारका लागि कुश्माबाट नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली त्यस स्थान तर्फ हिडिसकेको छ ।
रातको समय भएका कारण क्षतिको विवरण संकलन हुन नसकिरहेको वडाअध्यक्ष पाध्याले जानकारी दिए । थप विवरण आउन बाँकी
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2315
सम्बन्धित समाचार ( मुख्य खबर)
