Correspondent, ParbatNepal
5 years ago
1212
जेठ ३१ पर्वत । अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएका पर्वतका एक जना पूरुषमा कोरोना आशंका गरिएको छ । आज बिहान पर्वत अस्पतालबाट रिफर भई पोखरा स्थित गण्डकी मेडिकल कलेजमा लगिएका कुश्मा नगरपालिका ४ का ४७ वर्षिय पदमवहादुर परियारको मृत्यु भएको हो ।
उनी कलेजो संक्रमित बिरामी रहेको पारिवारिक स्रोतले जनाएको छ । तर, अस्पतालले भने उनमा कोरोनाको संक्रमण समेत हुनसक्ने आशंका गर्दै स्वाव परिक्षण गर्ने भएको छ । पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले पर्वत अस्पतालको पोष्टमार्टम वाडमा भर्ना भएका उनको स्वाव संकलन गरि परिक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाईएको जानकारी दिनुभएको छ ।
मृतक परियारलाई स्वास्थ्यमा समस्या भएपछि जेठ २४ देखि २८ गते सम्म पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरि उपचार पश्चात घर ल्याईएको मृतकका छोरा विजय परियारले बताउनुभएको छ ।
छोरा बिजयका अनुसार आज विहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पर्वत अस्पतालमा ल्याईएको र पर्वत अस्पतालले गण्डकी मेडिकल कलेजमा रिफर गरेको थियो । अस्पतालमा पु¥याउँदा चिकित्सकहरुले मृत घोषणा गरि घर लैजान भनेका थिए ।
घर परिवारले एम्बुलेन्समा राखेर घर तर्फ शव ल्याउँदै गर्दा शिवालयचोक बाट शव लाई पर्वत अस्पताल लगेको थियो । शव परिक्षण गरेर मात्र शवको व्यवस्थापन गर्न माथिको आदेश आएकाले शव अस्पतालमा ल्याईएको जनाईएको छ । उनमा कोरोना संक्रमण छ कि छैन भन्ने कुरा प्रयोगशालाले भोली रिपोर्ट दिएपछि मात्रै थाहा हुने पर्वत अस्पताल स्रोतले जनाएको छ ।साभार : गण्डकी संचारबाट
