Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1447




नेपाल रेडक्रस सोसाईटी पर्वतद्धारा क्वारेण्टाईन सेण्टरका लागि स्वास्थ्य सामग्री
नेपाल रेडक्रस सोसाईटी पर्वतद्धारा क्वारेण्टाईन सेण्टरका लागि स्वास्थ्य सामग्री


जेठ ३१, पर्वत । नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाले मास्क, सेनिटाईजर लगायत हातधुने सामाग्री क्वारेण्टाईन सेण्टरका लागि वितरण गरेको छ । पर्वतमा बढ्दो कोरोना संक्रमण रोकथामका लागि सुरक्षात्मक सामाग्री वितरण गरिएको हो ।


 सुरक्षात्मक सामाग्रीहरु नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाका सभापती रुद्रबहादुर रिमालले जिल्ला स्तरीय कोभिड १९ समन्वय तथा व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलाई हस्तान्तरण गर्नुभएको हो । रेडक्रसले १ हजार ८ सय ५० थान सर्जिकल मास्क,३५ थान हात धुने सामाग्री, १० थान, ५ लिटर सेनिटाईजर क्वारेण्टाईका लागि उपलव्ध गराईएको छ । बिगत ३ वर्ष देखि सञ्चालन भैरहेको अन्तराष्ट्रिय यूवा सहकार्य परियोजना आईवाईसीपी अन्तर्गत रेडक्रसले सामाग्री बितरण गरेको जनाईएको छ ।


 रेडक्रस जिल्ला शाखाले समूदाय तथा  स्वयंसेवकहरुका लागि ५० थान फिल्टर मास्क, ६५० थान सर्जिकल मास्क, १० थान सेनीटाईजर १५ थान हात धुने सामाग्री पनि वितरण गरिएको सभापती रिमालले जानकारी दिनुभयो । कोभिड १९ को संक्रमण रोक्न र समूदायमा फैलिन नदिन सामाजिक उत्तरदायित्वका लागि सुरक्षात्मक सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो ।


पर्वतमा कोरोना रोकथामका लागि समूदायमा सचेतना बढाउन, समूदायमा सरसफाईको अवधारण विकास गर्न र विद्यालय तहका बालबालिकालाई व्याक्तिगत र वातावरणीय सरसफाईमा जागरण फैलाउन रेडक्रसले विभिन्न कार्यक्रम गर्दै आएको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)