Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1259




लकडाउनका कारण प्रभावित खोप सेवा पुनः सञ्चालन
लकडाउनका कारण प्रभावित खोप सेवा पुनः सञ्चालन

जेठ ३१, पर्वत । कोरोना कहरका बिच पर्वतको कुश्मा नगरपालिकामा बालबालिकालाई दादुरा रुवेला बिरुद्धको खोप लगाउन थालिएको छ । लकडाउनका कारण रोकिएको खोप कार्यक्रम पुनः शुरु भएको हो ।

कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कुश्मामा विभिन्न विद्यालयमा क्याम्प खडा गरि आजबाट खोप लगाउन शुरु भएको छ । कुश्मा नगरपालिका भित्र खोप लगाउने उमेर समूहका बालबालिका ३ हजार १ सय ९९ जना रहेको स्वास्थ्य संयोजक उमाकान्त सापकोटाले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीहरुले कोरोनाको त्रासका बिच पनि सुरक्षात्मक उपाय अपनाएर बालबालिकालाई खोप लगाएका छन् । पायक पर्ने ठाउँमा पुगेर खोप लगाउन नगर कार्यपालिकाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)