Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1263




नवजात शिशुको हत्या गरि फरार महिला सात ७ वर्ष पछि पक्राउ
नवजात शिशुको हत्या गरि फरार महिला सात ७ वर्ष पछि पक्राउ

जेठ ३१, पर्वत जिल्लाको कुश्मा नगरपालिका १४ आर्थरडाँडाखर्कमा नबजात शिशुको हत्या गरी फरार एक महिला सात वर्षपछि पक्राउ परेकी छिन्

साविक आर्थर डाँडाखर्क वडा नंम्वर अधेरीनेटा स्थित  यमबहादुर नेपालीको श्रीमती ४७ वर्षिया अमृता भन्ने तारा नेपाली पक्राउ परेकी हुन् नेपालीले अबैध गर्भ बोकी २०७० साल फागुन १२ गते नबजात शिशु स्थानीय नेटामा भन्ने ठाउँमा जन्माएर हत्या गरी  फरार भएकी थिईन

जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको कमाण्डमा बिशेष टोली खटिई गई वडा प्रहरी कार्यालय बगर कास्कीको सहयोगमा खोजतलास गर्दै जाने क्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. घाचोक स्थित यामबहादुर नेपालीको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेकी हुन्

उनलाई प्रहरीले बिहीवार साँझ बजेको समयमा पक्राउ गरीएको प्रहरीले जनाएको अभियुक्त नेपालीलाई कर्तब्य ज्यान (नवजात शिशुको हत्या ) शिर्षकमा अनुसन्धानका लागि शुक्रवार जिल्ला सरकारी वकिल कार्यालय पर्वत मार्फत जिल्ला अदालत पर्वतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)