Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1387




मौसम : दिउँसाेसम्म घाम, बेलुका पानी
मौसम : दिउँसाेसम्म घाम, बेलुका पानी

पर्वत ।  शुक्रबार बिहान देशका धेरै ठाउँको मौसम बदली भएको छ ।दिउँसोपछि धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रि मनसुन कायमै रहेको र स्थानीय वायुसँगै बंगालको खाडीमा न्यूनचापीय रेखा विकसित भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।
उहाँका अनुसार बेलुकीपख प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशसँगै प्रदेश ५ मा वर्षाको सम्भावना छ । नेपालमा मनसुनी गतिविधि भने अझै सक्रिय भइनसकेको उहाँले बताउनुभयो ।
नेपालमा जुन १० तारिखमा मनसुन प्रवेश गर्नुपर्ने भए पनि यसपाला ढिलो भएको हो । दुई वर्षअघि जुन १० तारख अगावै भित्रिएको मनसुन पोहोर भने ढिलो गरी भित्रिएको थियो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)