Author
ParbatNepal
Correspondent, ParbatNepal
5 years ago
1883
पर्वतमा थप १३ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या २२ पुग्यो
जेठ ३०, पर्वत । जिल्लामा आज थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै पर्वतमा संक्रमितको संख्या २२ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार पर्वतमा थपिएका संक्रमित मध्ये कुस्मा नगरपालिकाका १० जना रहेका छन । त्यस्तै बिहादी गाउँपालिकाका एक जना र पैयु गाउँपालिकाका एक जना रहेका छन् भने एक जनाको ठेगना खुल्न आएको छैन । पछिल्लो संक्रमण पुष्टि भएका मध्ये एक जना मणिपाल शिक्षण अस्पतालमा उपचारत रहेका छन । अन्य सबै क्वारेन्टाईनमा रहेका छन ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2315
सम्बन्धित समाचार ( मुख्य खबर)
