Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1205




कुश्माका मेयर जोशीको सहनीय काम : दुई दिनमै ८० वेड क्षमताको आईसोलेशन तयारी
कुश्माका मेयर जोशीको सहनीय काम : दुई दिनमै ८० वेड क्षमताको आईसोलेशन तयारी

जेठ २८, पर्वत तीन वर्ष अघि कुश्मा नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएपछि राज्यवाट पाउने सेवा सुविधा विपन्न नागरिकहरुको हितमा खर्चिने प्रतिवद्धता जनाएर जनमुखि सेवामा सक्रिय नगरप्रमुख रामचन्द्र जोशी यतिवेला विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरसको रोकथामका लागि शुरुवातदेखि नै निरन्तर सक्रिय बन्नुभएको

बरु भोकै बसौला नगरवासी नागरिकहरुलाई भोकै मर्न दिन्न भन्ने प्रतिवद्धता सहित नेपालमा लक डाउन आव्हान भएको केहि दिनपछि राहत उद्धारमा सक्रिय नगरप्रमुख जोशी यतिवेला कुश्माबजारमा संचालित अस्थायी कोरोना अस्पतालमा ८० बेड क्षमताको आएसोलेशन निर्माणमा जुट्नुभएको

सदरमुकाम रहेको कुश्माको मेयर हुनुले अन्य स्थानीय तहको भन्दा धेरै जिम्मेवारी व्यस्तता रहन्छनै त्यो भन्दा पनि कोरोना रोकथाममा कुश्मा नगरवासीमात्र नभै सिंगो जिल्लावासीको हितका निम्ति जुटिरहनुभएको हो जुनसुकै विषय पनि सहज ढंगले हेर्ने जोशी अन्य विकास निर्माण सँगै चौविसै घण्टा कोरोनाकै रोकथाममा लागेको पाईन्छ

 

यतिवेला नेपाल बाहेक भारत तेस्रो मुलुकबाट जिल्ला भित्रिनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको जिल्ला सदरमुकाममा निर्माण भएका क्वारेन्टाईन भरिएर छिमेकी पालिकामा स्थापना भएका क्वारेन्टाईनमा राख्न थालिएको

यस अघि २० वेड क्षमताको आइसोलेशन ४८ घण्टामै तयार गर्नुभएका जोशीले फेरी गुप्तेश्वर बहुमुखि क्याम्पस पर्वत व्याडमिन्टन संघको कभर्ड हलमा गरी थप ८० बेड क्षमताको आइसोलशन निर्माणमा जुट्नुभएको हो

आइसोलेशन निर्माणका लागि जिल्लाका सातवटै स्थानीय तहहरुले खर्च व्यहोर्ने छन् यद्यपी सवैभन्दा बढि व्ययभार कुश्मा नगरपालिकाको यो ८० वटा आइसोलेशन सँगै कुश्मामा १०० वेड हुनेछन्

अहिले बनेका आइसोलेशन पनि भरिएभने सदरमुकाममै वा अन्य पालिकामा ठाउँ व्यवस्थापन गरेर प्रि आइसोलेशन निर्माण गरिने नगरप्रमुख जोशीले बताउनुभयो नागरिकहरु कोहिपनि उपचारवाट बञ्चित हुन नपरोस भनेर आँफु निरन्तर कोभिड रोकथाम व्यवस्थापनमा लागेको नगरप्रमुख जोशीले बताउनुभयो कतिपय जनप्रतिनिधिहरु संक्रमणको डरले बाहिर ननिस्किने, आवश्यक कामहरु नगर्ने गरेपनि जोशीले नागरिकको स्वास्थ्यभन्दा ठुलो आफ्नो स्वास्थ्य नभएको भन्दै निरन्तर खटिएको बताउनुभयो उहाँले कोरोना नियन्त्रणमा नआउन्जेल आफु व्यक्तिगत नगरपालिकाको तर्फवाट जस्तो सुकै काम गर्न पनि पछि नपर्ने बताउनुभयो

पर्वतमा यस अघि भारतवाट आएका जनामा कोरोना संक्रमण देखिएको उनिहरु पनि गुप्तेश्वर क्याम्पसमै बनाईएको अस्थायी कोरोना अस्पतालमा रहेका छन्

अव ११ वटा वेड मात्र बाँकी छन् भने भारतवाट फर्केका १६७ जनाको रिपोर्ट आउन बाँकी रहेको यदि उनिहरुको ठुलो संख्यामा संक्रमण देखियो भने समस्या जटिल हुनसक्छ भनेर थप ८० वेड क्षमताको आइसोलेशन तत्काल निर्माण गर्न थालिएको नगरप्रमुख जोशील्े बताउनुभयो उहाँ अनुसार थप गरिएका आइसोलेशनमा भोलीदेखिनै संक्रमितलाई राख्न सकिने

कुश्मा आसपासमा पछिल्लो एक सातामा साढे सय ३० बेडसहितको क्वारेन्टाइन पनि थपिएको भारतबाट आउनेको चाप दैनिक बढ्दै गएपछि सीसीएमसीले सदरमुकाम बाहेक अन्य स्थानमा पनि क्वारेन्टाइनको व्यवस्था गर्न लागेको हो

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले पछिल्लो एक सातामा मात्रै सय ३० बेड क्वारेन्टाइन थपिएको बताउनुभयो सदरमुकाम कुश्माबजार, मोदी गाउँपालिकाका विभिन्न विद्यालयमा क्वारेन्टाइन थपिएको हो

 

 

सिसिएमसीले भारतबाट तत्कालै आउनेहरुको तथ्याङ्क संकलनसमेत गरेको सबै पालिकाहरुबाट प्राप्त तथ्याङ्कअनुसार तत्कालै आउन चाहनेको संख्या करिब २१ सय तीबाहेक तेस्रो मुलुकबाट आउन चाहनेको संख्या करिब ५५ सय भएको तथ्याङ्क ।साभार–लोकतान्त्रिक अनलाईनवाट

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)