Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1255




भारतबाट फर्कने बढेपछि पर्वतमा ५ सय बेडसहितको क्वारेन्टाइन थपियो
भारतबाट फर्कने बढेपछि पर्वतमा ५ सय बेडसहितको क्वारेन्टाइन थपियो

जेठ २८, पर्वत पर्वतमा भारतबाट फर्किनेको संख्या ह्वात्तै बढेपछि कोरोना नियन्त्रण जिल्लास्तरीय कमाण्ड पोस्ट ९सीसीएमसी० ले सदरमुकाम पायक स्थानमा क्वारेन्टाइनको संख्या थपेको यसअघि जिल्लाभर सय ६० बेड भएकोमा पछिल्लो एक सातामा साढे सय बेडसहितको क्वारेन्टाइन थपिएको हो

 

जिल्लाको सीसीएमसीले भारतबाट आउनेलाई सदरमुकामस्थित विभिन्न क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणको रिपोर्टपछि मात्रै सम्बन्धित पालिकाका क्वारेन्टाइनमा पठाउने निर्णय गरेको निर्णयबमोजिम भारतबाट आउनेको चाप दैनिक बढ्दै गएपछि सीसीएमसीले सदरमुकाम बाहेक अन्य स्थानमा पनि क्वारेन्टाइनको व्यवस्था गर्न लागेको हो क्वारेन्टाइनले धान्न सक्ने अवस्था नभएपछि संख्या बढाइएको हो

 

प्रमुख जिल्ला अधिकारी शम्भुराज रेग्मीले पछिल्लो एक सातामा मात्रै सय ३० बेड क्वारेन्टाइन थपिएको बताए सदरमुकाम कुश्माबजार, मोदी गाउँपालिकाका विभिन्न विद्यालयमा क्वारेन्टाइन थपिएको हो सिसिएमसीले भारतबाट तत्कालै आउनेहरुको तथ्याङ्क संकलनसमेत गरेको सबै पालिकाहरुबाट प्राप्त तथ्याङ्कअनुसार तत्कालै आउन चाहनेको संख्या करिब २१ सय तीबाहेक तेस्रो मुलुकबाट आउन चाहनेको संख्या करिब ५५ सय भएको तथ्याङ्क हामीले सबै पालिकालाई तयारी अवस्थामा रहन भनेका छौं, उनले भने, ‘स्वास्थ्य क्षेत्रका जनशक्ति कमी हुँदा व्यवस्थापनमा कठिन हुने देखिएको

 

भारतबाट सिधै जिल्ला भित्रिनेहरुलाई सम्बन्धित पालिकाले खर्च बेहोर्ने गरी सदरमुकामका क्वारेन्टाइनमा राख्ने व्यवस्था कम्तीमा दुई साता बस्नुपर्ने भएकोले व्यवस्थापनमा समस्या भएको हो उनीहरुको स्वाब परीक्षणको रिपोर्ट नआएसम्म सम्बन्धित पालिकाले तयार पारेका क्वारेन्टाइनमा पठाउन नमिल्ने भएकोले पनि सदरमुकाममा भीड बढेको हो पालिकामा सिधै लैजाँदा गाउँमा संक्रमणको जोखिम भयावह हुने डरले परीक्षणको रिपोर्टका आधारमा मात्रै पठाउन लागिएको पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।शिशिर देवकोटाले बताए उनका अनुसार रिपोर्ट नेगेटिभ आएकाहरुलाई कम्तीमा साता क्वारेन्टाइनमा बस्नेगरी पठाइएको ।साभार–कान्तिपुर दैनिकवाट

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)