Correspondent, ParbatNepal
5 years ago
1183
२७ जेठ, पर्वत । खाना पकाउने ग्याँस चुहिएर आगलागी हुँदा पिडीत भएका पर्वतको कुस्माका होटल ब्यबसायीलाई पर्वत उद्योग बाणिज्य संघले राहत बितरण गरेको छ ।आगलागीबाट होटलमा क्षति पुगेका कुस्माका ब्यबसायी बिष्णुप्रसाद गौतमलाई संघले मंगलबार एक कार्यक्रमका बिच २० हजार रुपैया राहत बितरण गरेको हो ।
कुस्माबजारको प्रगतिचोकस्थित हुवास होटलका सञ्चालक गौतमलाई प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले राहत रकमको चेक हस्तानतरण गर्नुभयो । पर्वत उद्योग बाणिज्य संघले स्थापना गरेको ब्यबसायी कल्याण कोषबाट थोरै भएपनि राहत रकम बितरण गरेको अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो ।
पर्वत उद्योग बाणिज्य संघले सञ्चालन गर्ने महोत्सबबाट बचेको रकमबाट कल्याण कोष स्थापना गरेको छ। उक्त कोषबाट यस अघि पनि बिभिन्न ब्यबसायीहरुलाई राहत बितरण गरिएको थियो । पिडामा संघले थोरै भएपनि राहत दिने काम गरेकोमा पिडीत गौतमले धन्यबाद दिनुभयो ।
यसैबिच पर्वत उद्योग बाणिज्य संघले पर्वत जिल्लाका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र प्रहरी प्रमुख डिएसपी बिश्वराज अधिकारीलाई सोही कार्यक्रममा स्वागत गरेको छ। संघका अध्यक्ष केदारनाथ शर्माले माला र खादा लगाएर प्रजिअ रेग्मी र डिएसपी अधिकारीलाई स्वागत गर्नुभएको थियो ।
