Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1216




इन्सेक पर्वतद्वारा सूचनाको हकलाई व्यवस्थित बनाउन ध्यानाकर्षण
इन्सेक पर्वतद्वारा सूचनाको हकलाई व्यवस्थित बनाउन ध्यानाकर्षण

पर्वत, २७ जेठ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्वतले प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी समक्ष जेठ २७ गते एक ध्यानाकर्षण पत्र बुझाउँदै सूचना लिन पाउने अधिकारलाई व्यवस्थित बनाउन माग गरेको

इन्सेक पर्वतका प्रतिनिधि सन्तोष थापाले एक ध्यानाकर्षण पत्र प्रजिअ रेग्मीलाई बुझाउँदै कोरोना भाइरस रोकथामका लागि जिल्लामा भइरहेका प्रयास उपलब्धिहरुलाई जान्न पाउने अधिकार सर्वसाधरणको रहेको सञ्चारकर्मीलाई समेत सूचना लिन समस्या परिरहेको भन्दै सूचना अधिकारी तोक्न आग्रह गरेको हो

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले सूचना प्रवाह गर्ने कुरामा कुनै कञ्जुस्याईँ नगर्ने प्रतिबद्धता व्यक्त गर्दै छिट्टै सूचना दिने व्यक्ति छनोट गर्ने बताउनुभयो उहाँले जिल्लामा कोरोना नियन्त्रण सम्बन्धि भइरहेका भौतिक प्रयास तथा उपलब्धिहरु सार्वजनिक गर्न छुट्टै व्यक्ति सम्भावित संक्रमित तथा संक्रमित सँगै समग्र स्वास्थ्य अबस्थाको बारेमा जानकारी दिनका लागि छुट्टै व्यक्ति तोकेर जानकारी गराउने उहाँले बताउनुभयो

अहिले कोरोना सम्बन्धि जुन सुकै गुनासो तथा समस्याका विषयमा जिल्लामा क्रियाशिल सञ्चारकर्मीले कहिले डाक्टर, कहिले सिडिओ कहिले डिएसपीलाई पटक पटक फोन सम्पर्क गर्नुपर्ने अवस्था रहेको ध्यानाकर्षण पत्र बुझाउँदै इन्सेक प्रतिनिधि थापाले समग्र सञ्चारकर्मीहरुको सही सूचना पाउने अधिकारलाई व्यवस्थित गर्न माग गरिएको माग अनुसार सत्य तथ्य सूचना प्राप्त गर्ने अधिकार प्राप्ति हुने अपेक्षा गरिएको बताउनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)