Correspondent, ParbatNepal
5 years ago
1409
जेठ २६,
पर्वत । पर्वतको शिवालय माविको क्वारेण्टाईनमा रहेका थप ३९ जनाको आज सोमवार कोरोना परिक्षणका
लागि स्वावको नमूना संकलन गरिएको छ । पर्वत अस्पतालका प्रमुख डाक्टर शिशिर देवकोटाले
क्वारेण्टाईनमा बिगत ५ दिन देखि बसिरहेकाहरुको कोरोना परिक्षण गर्नुपर्ने भएकाले स्वाव
संकलन गरिएको बताउनुभयो ।
संकलित स्वाव परिक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान
प्रतिष्ठानको प्रयोगशालामा पठाईने डा. देवकोटाले बताउनुभयो । अस्ति शुक्रवार ८२ जनाको
स्वाब संकलन गरिएको थियो भने आईतवार ४२ जनाको स्वाब संकलन गरिएका थियो । उनीहरुको रिपोर्ट
आउन अझै केही दिन लाग्ने बताईएको छ । पर्बतमा पछिल्लो चार दिनमा कुल १ सय ६३ जनाको
स्वाब संकलन भएको छ । यस अघि ९ जना संक्रमणीत पुष्टि भएपछि उनीहरुलाई कुश्मा स्थित
कोरोना अस्पतालमा भर्ना गरी गरिएको छ ।
भर्ना भएका सवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ । यसैबिच पर्वतमा भारतबाट आउनेहरुको संख्या पनि थपिँदै गएको छ । भारतका विभिन्न शहरमा रोजगारीका लागि पुगेकाहरु कोरोना संक्रमण भारतमा बढ्दै गएपछि घर सम्झिएर फर्किने क्रम बाक्लिएको छ । त्यसै क्रममा पर्वतमा आज ७ जना आईपुगेका छन् । भारतबाट आएका उनीहरुलाई बन्दना होटलको क्वारेन्टाईनमा क्वारेण्टाईनमा राखिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
