Correspondent, ParbatNepal
5 years ago
1503
जेठ २५,
पर्वत । पर्वतमा भारतबाट आउनेहरुको संख्या पनि थपिँदै गएको छ । भारतका विभिन्न शहरमा
रोजगारीका लागि पुगेकाहरु कोरोना संक्रमण भारतबाट बढ्दै गएपछि घर सम्झिएर फर्किने क्रम
बाक्लिएको छ ।
त्यसै क्रममा
आईतवार शिवालय माविको क्वारेण्टाईनमा २५ जना आईपुगेका छन् । भारतबाट आएकाहरुलाई क्वारेण्टाईनमा
राखिएको छ । क्वारेण्टाईनमा उनीहरुलाई राखिसकिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद
रेग्मीले जानकारी दिनुभयो ।
क्वारेण्टाईनमा बस्नेहरुको संख्या बढ्दै गएको र व्यवस्थापनमा
समस्या हुन थालेको पनि रेग्मीले बताउनुभएको छ । उहाँले शिवालय क्वारेण्टाईन भरिँदै
गएपछि अव भारतबाट आउनेलाई मोदी गाउँपालिका स्थित नवजागृत मावि तिलाहार र फलेवास नगरपालिका
४ मुडिकुवा स्थित माटेदेवल माविको क्वारेण्टाईनमा पनि राखिने भएको छ । दुबै विद्यालयमा
पूर्वाधार निर्माण भैरहेको छ । स्थानीय तहहरुको समन्वयमा जिल्ला कमाण्ड पोष्टले ति
विद्यालयमा पुलिङ क्वारेण्टाईन बनाउन थालेको जनाईएको छ ।
स्वाव परिक्षण
गरि नेगेटिभ नतिजा देखिएकालाई स्थानीय तहमै पठाईने भएकाले स्थानीय तहका क्वारेण्टाईनको
क्षमता पनि बढाउनुपर्ने आवश्यकता देखिएको छ । एउटै गाउँका २०÷३० जना एकै पटक आश्रय लिन जानुपर्ने भएकाले पूर्व तयारी गर्न स्थानीय
तहहरुलाई अनुरोध गरिएको छ । पछिल्लो पटक स्वाव परिक्षण गर्न पठाईएकाहरुमा कोरोना संक्रमण
देखिने संभावना रहेकाले गुप्तेश्वर क्याम्पसमा आईसोलेसन बेडको क्षमता पनि बढाईएको छ
।
भारतबाट आउनेहरुलाई नै व्यवस्थापन गर्न समस्या पर्न थालिरहेको बेला तेस्रो मुलुकबाट पनि मानिसहरु आउने भएकाले क्वारेण्टाईन बढाउँदै लैजानुपर्ने आवश्यकता देखिएको छ ।
