Correspondent, ParbatNepal
5 years ago
1250
जेठ २५, पर्वत । भारतका विभिन्न ठाउँबाट रोजगारीको शिलशिलामा पुगेका नेपालीहरु आउने क्रम जारी छ । पर्वतमा आज सुनौली नाका हुँदै २५ जना नागरिक भित्रिएका छन् । उनीहरुलाई शिवालय माविको क्वारेन्टाइनमा राखिएको छ । यसैबिच कोरोना परिक्षणका लागि पर्वतमा आज आइतवार थप ४२ जनाको स्वाब संकलन गरिएको छ । पर्वत जिल्ला अस्पतालका निमिक्त प्रमुख डाक्टर शिशिर देवकोटाका अनुसार भारतबाट फर्केकाहरु सहित कुल ४२ जनाको आइतबार स्वाब संकलन गरिएको हो । भारतबाट फर्केकाहरु पर्वतको कुश्मा स्थित क्वारेन्टाइनमा झण्डै १ सय ५० को संख्यामा मानिसहरु बसिरहेका छन् ।
ति मध्ये शुक्रबार ८२ जनाको स्वाब संकलन गरिएको थियो । शुक्रबार स्वाब संकलन गरिएका केहिको भोली सोमवारसम्ममा रिर्पोट आउने देबकोटाले बताउनुभयो । पर्बतमा कुल १ सय २४ जनाको स्वाब संकलन भएको छ । संकलन भएको स्वाब परिक्षणका लागि पोखरा स्थित प्रयोशलामा पठाइएको छ । उनीहरु मध्ये १ सय २४ जनाकै रिर्पोट आउन बाँकी रहेको छ । यस अघि ९ जना संक्रमणीत पुष्टि भएपछि उनीहरुलाई कुश्मा स्थित कोरोना अस्पतालमा भर्ना गरी गरिएको छ । भर्ना भएका सवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।
