Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

2020




पर्वतमा कोरोनाको सम्भावित संक्रमण रोक्न नेपाली काँग्रेसका नेता जोशी सक्रिय
पर्वतमा कोरोनाको सम्भावित संक्रमण रोक्न नेपाली काँग्रेसका नेता जोशी सक्रिय

जेठ २४, पर्वत नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पर्वतमा कोरोना रोकथाम नियन्त्रणका लागि सक्रियता देखाउनु भएको लकडाउन भित्रिएसँगै पर्वत आएका जोशीले जिल्लामा क्वारेण्टाइन निर्माण देखि यसको रोकथाम नियन्त्रणमा रचनात्मक भूमिका खेल्दै आउनु भएको थियो यसैबिच जोशीले आज पर्वत जिल्लालाई कोरोनाको उच्च जोखिमबाट सुरक्षित राख्ने अभिप्रायले जिल्लामा गठित कोरोना नियन्त्रण समन्वय समितिलाई अत्यावश्यक स्वास्थ सामग्री हस्तान्तरण गर्नुभएको नेता जोशीले शनिबार पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीमार्फत समितिलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो उहाँले तीनसय थान सेनिटाईजर, ४५ सय थान मास्क दुई सेट पिपिइ शनिबार एक कार्यक्रमका बीच प्रजिअ रेग्मीलाई हस्तान्तरण गर्नुभएको थियो कुनैपनि राहत तथा सहयोग एकद्वार प्रणालीबाट वितरण गर्ने राज्यको नीति अनुरूप आफूले प्रमुख जिल्ला अधिकारी मार्फत कोरोना नियन्त्रण समन्वय समितिलाई वितरण गरेको नेता जोशीले जानकारी दिनुभयो

 

काँग्रेस नेता जोशीले कोभिड(१९ को महामारीबाट बच्ने बचाउने दायित्व जिम्मेवारी सबैको भएकोले शुरूदेखि नै आफूले यो अभियानमा रचनात्मक सुझाव सहित सहयोग गर्दै आएको वताउनु भयो हरेक महामारी विपत्ति जिल्लाबासीका साझा समस्या हुन्, यी समस्याविरूद्ध हामी सबैको साझा दृष्टिकोण प्रतिबद्धता चाहिन्छ ( नेता जोशीले भन्नुभयो उहाँले कोरोनाको नियन्त्रण रोकथामका लागि स्थानीय प्रशासनले बनाउने हरेक रणनीतिक योजनामा आफ्नो पुरै सहयोग रहने प्रतिबद्धता समेत जनाउनु भयो काँग्रेस नेता जोशीले स्वास्थ्य सामग्री व्यवस्थापनमा सहयोग गर्ने वतास ब्रदर पोखरा, हरिवोल भण्डारी अमेरिका, महेश श्रेष्ठ जापान विद्यार्थी नेता केदार सुवेदी लगायतलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले संकटको घडीमा स्वास्थ्य सामग्री सहयोग गरेर कोरोना विरूद्धको अभियानमा महत्वपूर्ण योगदान पुर्याउनुहुने संविधानसभा सदस्य जोशीप्रति धन्यवाद प्रकट गर्नुभएको थियो प्रजिअ रेग्मीले पर्वतमा कोरोना संक्रमितको संख्या बढ्ने संभावना रहेकोले आईसोलेशन थप गर्न आवश्यक रहेको भन्दै त्यसकालागि आवस्यक सहयोग गर्न नेता जोशीलाई अनुरोध समेत गर्नुभएको थियो कार्यक्रममा जिल्ला अस्पताल पर्वतका डाक्टर भोजराज गौतमले समितिलाई प्राप्त स्वास्थ्य सामग्रीहरू आवस्यकता अनुसार सातै स्थानीय तहमा पुर्याउने प्रतिबद्धता जनाउनु भएको थियो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)