Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1195




गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित ७५ पुगे
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित ७५ पुगे

 जेठ २४, पर्वत । गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन्  । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा तथा भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकीका थप १७ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ थपएिकामा स्याङ्जाको वालिङ नगरपालिका घर भइ पालिकाकै क्वरेन्टीनमा बस्दै आएका ८ जना र हरिनास गाउँपालिकाका घर भइ पालिकाकै क्वरेन्टीनमा बस्दै आएका २ जना छन् ।

सङ्क्रमण पुष्टि हुनेहरुमा वालिङका १६,१९,२३,२५,३२,४४,५२ र ५४ वर्ष उमेरका पुरुषहरु रहेका छन् भने हरिनास गाउँपालिकाका १८ र ४० वर्षका पुरुषहरु रहेकाछन् ।  यसैगरी कास्कीको  रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै नवलपरासी सुस्ता पूर्वको बिनयत्रिबेणी गाउँपालिकाका १८,१९ र २७ वर्षका पुरुष तथा बाग्लुङको ताराखोला गाउँपालिकाका ५९ वर्षका पुरुष रहेकाछन् ।

सङ्क्रमित सबै जनालाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

योसहित गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ७५ पुगेको छ । ३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)