Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1282




आज दिनभर पानी पर्ने
आज दिनभर पानी पर्ने

 जेठ २४, पर्वत । आज दिनभरी नै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । निसर्ग आँधीका कारण आज देशैभरी दिनभरजसो नै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागरमा बनेको चक्रवातको कारण बनेको मौसम प्रणाली भारत हुँदै नेपाल भित्रिएकोले पानी परिरहेको महाशाखाले जनाएको छ ।


महाशाखाका अनुसार आज दिउँसो एकैछिन रोकिए पनि फेरी पानी पर्न सुरु हुने र बेलुकापछि भने पानी पर्न रोकिने छ । भोलिदेखि स्थानीय वायुको कारण केही ठाउँमा पानी परे पनि देशैभर एकैसाथ पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।


यस्तै मनसुन भित्रन अहिले प्रणालीको विकास भइरहेको छ । पाँचवटा प्रणालीमध्ये केही विकास भइसकेका र केही भित्रने क्रममा रहेकाले यो हप्ताको अन्तिमतिर मनसुन भित्रने अनुमान गरिएको मौसमविदले बताएका छन् ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)