Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1200




भारतबाट फर्किएका ८२ जनाको स्वाव परिक्षणका लागि पठाईयो
भारतबाट फर्किएका ८२ जनाको स्वाव परिक्षणका लागि पठाईयो

जेठ २३, पर्वत भारतका बिभिन्न शहरबाट पर्वतमा आई क्वारेण्टाईनमा बसेका ८२ जनाको कोरोना परिक्षण गर्न स्वाव संकलन भएको बिगत एक हप्ता यता कुश्माका क्वारेण्टाईनमा बसेका उनीहरुको स्वास्थ्यकर्मीले स्वाव संकलन गरेका हुन्

संकलन गरिएको स्वावको परिक्षण गर्न पोखरा स्थित प्रयोग शालामा पठाइएको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो स्वाव परिक्षणमा पठाइएकाहरु ६८ जना पुरुष १४ जना महिला रहेका छन् उनीहरुको अवको दुई तिन दिनमा रिपोर्ट आईपुग्ने देवकोटाले बताउनुभयो पछिल्लो समय भारतबाट फर्किएकाहरुलाई क्वारेण्टाईनमा ल्याई देखि दिन सम्म राखेर मात्रै स्वाव परिक्षण गर्न थालिएको

आउँदा आउँदै स्वाव संकलन नगरि केहि दिन राखेपछि मात्रै परिक्षण गर्ने विश्व स्वास्थ्य संगठनको प्रोटोकल रहेकाले त्यसै अनुसार काम भएको हो यसैबिच पर्वतमा भारतका विभिन्न स्थानबाट नागरिकहरु भित्रीनेको संख्या तिब्र रुपमा बढिरहेको

आज साँझ मात्र नेपाल भारतको सिमाना सुनौली हुँदै ११ जना नागरिक पर्वत आएका छन् उनीहरुलाई शिवालय मावि कुश्माको क्यारेण्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक मनिस श्रेष्ठले जानकारी दिनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)