Correspondent, ParbatNepal
5 years ago
1357
जेठ २१,
पर्वत । भारतबाट फर्किनेहरुको संख्या बढे संगै
पर्वतका क्वारेण्टाईनको संख्या पनि बढाउन थालिएको छ । जिल्ला कमाण्डपोष्टको बैठकले
क्वारेण्टाईनको क्षमता बढाउने निर्णय गरेको हो । भारतबाट जिल्ला फर्किनेहरुको संख्या
बढेपछि अहिले भैरहेको क्वारेण्टाईनको क्षमता दोब्बर बनाउन लागिएको प्रमुख जिल्ला अधिकारी
शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँले जिल्लाका ७ वटै स्थानीय तहलाई अहिले
भएका क्वारेण्टाईनलाई दोब्बर क्षमताको बनाउन निर्देशन दिएको बताउनुभएको छ ।
शिवालय
माविमा ५० जना क्षमताको क्वारेण्टाईनलाई एक सय ५० शैयाको बनाउन थालिएको र गुप्तेश्वर
क्याम्पसमा पनि १ सय शैयाको क्वारेण्टाईन बनाउन थालिएको रेग्मीले जानकारी दिनुभयो ।
क्वारेण्टाईन बनाउने र व्यवस्थापन गर्ने सबै खर्च स्थानीय तहले व्यहोर्ने प्रजिअ रेग्मीले
बताउनुभयो । पर्वतमा एक हप्ताको अवधिमा भारतबाट दुई सय भन्दा बढि भित्रिइसकेका छन्
। ति मध्ये ५ जना कोरोना संक्रमित र २ जना एउटै कोठामा बसेको हुनाले उनीहरु सहित ७
जना आइसोलेसनमा छन् ।
यसैबिच
भारतबाट पर्वत जिल्लामा आज २३ जना आईपुगेका छन् । भारतका बिभिन्न शहरबाट नाकामा आउनेहरुलाई
उद्धार गरि जिल्ला ल्याउने क्रममा आज विहान २० जना पुरुष र ३ जना महिला आईपुगेको जिल्ला
प्रहरी कार्यालय पर्वतले जनाएको छ । भारतबाट फर्किएका उनीहरुलाई कुश्मा बजार स्थित
शिवालय माविमा निर्मित क्वारेण्टाईनमा राखिएको छ । जिल्लाका विभिन्न पालिकाका उनीहरुलाई
क्वारेण्टाईनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी
दिनुभयो ।
कुश्माबजारका होटललाई पनि क्वारेण्टाईन बनाईएको छ । तर, होटल पनि भारतबाट आएकाहरुले भरिएको हुनाले विद्यालयको क्वारेण्टाईनमा राख्न थालिएको हो ।
