Correspondent, ParbatNepal
5 years ago
1836
जेठ १२, पर्वत । पर्वतमा प्रमुख जिल्ला अधिकारीमा शम्भुप्रसाद रेग्मी आउने भएका छन् । गृह मन्त्रालयले आज (सोमवार) प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई चितवनमा सरुवा गदै उनको ठाउँमा रेग्मीलाई पर्वतको जिम्मेवारी दिएको हो । नेपाललाई चितवनको सहायक सिडिओमा सरुवा गरिएको छ । रेग्मी गृह मन्त्रालयमा कार्यरत उपसचिब हुन् । साविक पर्वतकै लिमिठाना घर भएपनि हाल बसोवास भने राजधानीनै रहेको छ । यो कोरोना भाईरसको संक्रमणको महामारीमा प्रजिअको सरुवा भएको हो । रेग्मी पर्वत जिल्लालाई नजिकवाट बुझेको व्यक्ति भएकोले जिल्लाको शान्ति सुरक्षा लगायतका विषयमा थप प्रभावकारी हुने सरोकारवालाहरुको भनाई रहेको छ । गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको हो ।
गृह मन्त्रालयले सोमबार पर्वत बाहेक बाँके, सप्तरी र जुम्लाका सिडिओको सरुवा गरेको छ । मन्त्रालयका अनुसार स्याङ्जाका सिडिओ राम बहादुर कुरुम्वाङको बाँकेमा सरुवा भएको छ भने बाँकेका सिडिओ कुमार बहादुर खड्कालाई मन्त्रालयमा तानिएको छ । स्याङ्जामा कसलाई पठाउने भन्ने निणर्य भई सकेको छैन । सप्तरीमा गृह मन्त्रालयका सहसचिव शंकरहरी आचार्यलाई पठाइएको छ । सप्तरीका सिडिओ अध्यागमन अन्तर्गतको कार्यालयमा सरुवा गरिएको छ ।
त्यस्तै जुम्लामा मन्त्रालयका उपसचिव भूपेन्द्र थापालाई सिडिओको जिम्मेवारी दिई पठाइएको छ भने जुम्लाकी सिडिओ दुर्गा बन्जाडेलाई पाल्पाको सहायक सिडिओमा सरुवा गरेको मन्त्रालय स्रोतले प्रशासनलाई बतायो ।
केही दिन अघि मात्रै ५ जिल्लाका सिडिओको सरुवा गरिएको थियो ।
