Correspondent, ParbatNepal
5 years ago
1212
जेठ ११, पर्वत । मुस्लिम समुदायले आफ्नो महान पर्व ईद उल फित्र भोलि सोमबार मनाउने भएका छन् ।
शनिबार राति चन्द्रमा नदेखिएकाले ईद भोलिमात्र मनाइने नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले जानकारी दिनुभयो । एक महिना लामो व्रत समापन गर्नु अघिल्लो रात आकाशमा चन्द्रमा देखिनुपर्ने नियम रहेकोमा गए राति चन्द्रमा नदेखिएकाले भोलि मात्र मनाइने उहाँले बताउनुभयो ।
भरे राति चन्द्रमा नदेखिए पनि भोलि ईद मनाइने छ । रमजानको व्रत ३० दिनभन्दा लामो नहुने र आज ३० औ दिन भएकाले भरे चन्द्रमा नदेखिए पनि भोलि ईद मनाइने उहाँको भनाइ छ ।
यसैबीच नेपाली जामे मस्जिद राष्ट्रिय मुस्लिम आयोग लगायत संस्था र इस्लाम धर्मका अगुवाहरुले कोरोनाको जोखिम रहेकाले भोलि घरमै नमाज पढेर ईद मनाउन आग्रह गरेका छन् । सरकारले ईदको दिन सर्वाजनिक बिदा दिने घोषणा गरेको छ ।
