Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1307




पर्वतमा कोरोनाबाट मृत्यु भएमा दुई स्थानमा शव ब्यबस्थापन गर्ने, स्थान पनि तोकियो
पर्वतमा कोरोनाबाट मृत्यु भएमा दुई स्थानमा शव ब्यबस्थापन गर्ने,  स्थान पनि तोकियो

जेठ ११, पर्वत । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण संक्रमित बिरामीको मृत्यु भएमा शव ब्यबस्थापनका लागि पर्वतमा कुस्मा बजारका दुई स्थान तोकिएको छ । पुरानो ल्याण्डफिल्डको खाली जमिन प्रयोग गरिने छ ।

संक्रमित बिरामीको मृत्यु भएमा कुस्मा नगरपालिका वडा नं ४ स्थित माझमेला सामुदायिक वन र कुस्मा वडा नं ५ को बड्गाउँ सामुदायिक वनलाई छनौट गरिएको छ । माझमेला सामुदायिक वनमा गुप्तेश्वर क्याम्पस पछाडीको खाली चौर र बड्गाउँ सामुदायिक वनको पुरानो ल्याण्डफिल्ड साईडलाई छनौट गरिएको छ ।


कोरोना अस्पताल नजिक रहेका कारण गुप्तेश्वर क्याम्पस पछाडीको जमिन पनि उपयुक्त छ भने पर्वत अस्पतालमा भेन्टिलेटर रहने भएकाले त्यो ठाउँबाट नजिक सार्वजनिक जग्गा त्यही मात्र भएकाले छनौट गरिएको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।


कोरोना संक्रमित बिरामीको उपचार वा ट्रान्सपोर्टका क्रममै मृत्यु भएमा नेपाल सरकार र गण्डकी प्रदेश सरकारले बनाएको शव ब्यबस्थापन सम्बन्धी मापदण्ड र कार्यबिधीका आधारमा कार्यदलको निर्णय अनुसार शब ब्यबस्थापन गर्ने निर्णय समेत जिल्ला कमाण्डपोष्टले गरेको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)