Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1221




बिदेशबाट फर्केकालाई राख्न कुश्माका होटेल प्रयोग गरिने
बिदेशबाट फर्केकालाई राख्न कुश्माका होटेल प्रयोग गरिने


जेठ ११, पर्वत भारत तथा तेस्रो मुलुकबाट उद्दार गरेर जिल्लामा ल्याउने नागरिकलाई राख्न कुस्माका होटलहरुलाई नै सामुदायिक क्वारेन्टाईन बनाउने निर्णय भएको  कोभिड १९ नियन्त्रणका लागि जिल्लामा गठित कमाण्ड पोष्टको शुक्रबार भएको बैठकले भारत तथा तेस्रो मुलुकबाट उद्दार गरि ल्याउनेलाई राख्नका लागि पोखरा बागलुङ्ग सडकको खण्डमा रहेका होटलहरुलाई सामुदायिक क्वारेन्टाइन बनाउने निर्णय भएको हो


भारतबाट सिमानामा आउने नागरिकको उद्दार शुरु भएको उद्दार गरिएका नागरिकलाई घरघरमा पठाउनु अघि सदरमुका कुस्मास्थित सडक खण्डमा पर्ने होटल, रेष्टुरेन्ट तथा पार्टी प्यालेसहरुलाई पहिलो चरणमा सामुदायिक क्वारेन्टाईन बनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो पहिलो चरणमा सडक क्षेत्रका होटल पार्टी प्यालेसलाई प्रयोगमा ल्याइने दोस्रो चरणमा कुस्माबजार भित्रकै होटलहरुलाई पनि प्रयोगमा ल्याउने तयारी रहेको समाचार न्यु कालीगण्डकी दैनिकले प्रकाशित गरेको स्थानिय जनप्रतिनिधी तथा होटल ब्यबसायीहरुको सहमतिको आधारमा निर्णय भएको प्रजिअ नेपालले जानकारी दिनुभयो


पहिलो चरणमा राख्नका लागि छमर्के स्थित ब्लु एञ्जल रिर्सोटलाई तालिम दिएर तयार बनाइएको अन्य होटलमा पनि क्रमशरु तालिम दिएर तयार पार्ने योजना अघि सारिएको धेरै होटल ब्यबसायीहरु संकटमा सरकारलाई साथ दिन तयार भएको प्रजिअ नेपालले बताउनुभयो होटलमा सुरक्षाका लागि भने नेपाल प्रहरी नेपाली सेना खटाउने तयारी

भारत तथा तेस्रो मुलुकबाट आउने नागरिकलाई एकद्वार नितिका आधारमा उद्दार गर्ने निर्णय गरिएको सिमानाबाट ल्याउन पालिकाहरुले नै गाडी पठाउने ल्याइएपछि होटलमा राखिनेछ क्वारेन्टाईनमा राखिएकाको स्वाब संकलन गरि परिक्षणका लागि पठाउने नेगेटिभ आएमा सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइने भने पोजेटिभ आएमा भने कोरोना अस्पतालमा उपचारका लागि भर्ना गर्ने निर्णय समेत भएको पालिकाहरुले क्वारेन्टाईनमा राख्दा लागेको खर्च भने सम्बन्धित पालिकाले नै होटल ब्यबसायी संग समन्वय गरेर भुक्तानी गर्नुपर्ने


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)