Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1656




पर्वत सेवा समाज युएइद्धारा पीडित महिलाको उपाचारर्थ सहयोग
पर्वत सेवा समाज युएइद्धारा पीडित महिलाको उपाचारर्थ सहयोग

जेठ १०, पर्वत पर्वत सेवा समाज युएर्ईले यहाँकी एक पीडित महिलाको उपचारर्थ आर्थिक सहयोग गरेको पर्वतको फलेवास नगरपालिका थापाठाना माइत भई स्याङजाको आँधिखोला गाउँपालिका बाङ्गसिङ ठुलाखेत निवासी सरिता शर्माको उपचारर्थ लाख ७८ हजार सय ६८ रुपैयाँ सहयोग गरेको हो

 

लामो समयदेखी बिरामी भएकी शर्माको पोखरामा उपचार सम्भाव नभएपछि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको थियो   हालउनी ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचाररत छिन उनको फोक्सोमा पानी जमेको चिकित्सकहरुले बताएका छन् कमजोर आर्थिक अवस्था भएको उपचारमा धेरै खर्च लाग्ने भएपछि सरिताका श्रीमान हुमापति शर्माले जिवन रक्षाका लागि पर्वत सेवा समाज युएई सँग लिखित निवेदन सहित सहयोगको याचना गरेका थिए

 

उक्त निवेदनलाई पर्वत सेवा समाज यूएईको वैठकले अनुमोदन गर्दै पिडितको जिवन रक्षाका निम्ती समाजका प्रवक्ता तिलक सापकोटाको संयोजकत्वमा राहात संकलन अभियान संचालन गरेको थियो सोही अभियानवाट संकलित रकम पीडितका श्रीमान हुमापतिलाई प्रदान गरिएकोे पर्वत सेवा समाज युएर्ईका महासचिव कमल लामिछानेले जानकारी दिनुभयो घरपरिवारको आर्थिक स्थिति निकै कमजोर रहेको आर्थिक अभावका कारण उपचारमा समस्या भएको खबर प्राप्त भएसँगै राहात संकलन अभियानलाई तिव्र पारिएको थियो उक्त रकम पीडितका श्रीमान हुमापतिको खातामा जम्मा गरिदिएको महासचिव लामिछानेले बताउनु भयो

 

पर्वत सेवा समाज युएईले एक कार्यक्रम आयोजना गरि पिडितलाई रकम हस्तान्तरण गरिएको जानकारी सहित प्रतिवेदन सार्वजनिक गरिएको कार्यक्रमका प्रमुख अतिथी एवम् संस्थाका संस्थापक संरक्षक  प्रमुख अतिथि भूर्तेलले पर्वत जिल्लाको विकास समृद्धिमा पर्वत सेवा समाज यूएईले महत्वपूर्ण योगदान रहेको बताउँदै यो सहयोगले पीडित शर्माको उपचारमा ठुलो सहयोग पुग्ने उल्लेख गरे कार्यक्रममा बोल्दै  पर्वत सेवा समाज युएइ अध्यक्ष जिसीले पर्वत सेवा समाज यूएईले पर्वतकी एक चेलीलाई परेको अफ्ठेरोमा सानो सहयोग गरेको बताए उनले मानविय सेवालाई मध्येनजर गदै आफ्नो खर्च कटाएर प्रवासमा रहेको नेपालीहरुले शर्माको उपचारमा सहयोग गरेको भन्दै सहयोगदाताहरुलाई धन्यवाद दिए संस्थाको तर्फबाट दोस्रो पटक राहत संकलन गर्ने जिम्मा प्राप्त गरेकोमा संयोजक तिलक सापकोटाले आफुँलाई संस्थाले गरेको विश्वासप्रति आभार प्रकट गरे

 

कार्यक्रममा संस्थाका सल्लाहाकार संयोजक मणिप्रसाद भुर्तेल, वरिष्ठ सल्लाहाकार वालकृष्ण अधिकारी, वरिष्ठ सल्लाहाकार गोपीचन्द्र भुषाल, वरिष्ठ सल्लाहाकार राजेन्द्र अधिकारी, वरिष्ठ सल्लाहाकार  परशुराम पौडेल, सल्लाहाकार राम प्रसाद लामिछाने, संस्थाका प्रथम उपाध्यक्ष रुद्र सुवेदी, उपाध्यक्ष तिलक कुँवर,  माहासचिव कमल लामिछाने, कोषाध्यक्ष विक्रम पौडेल सदस्य युवालाल सापकोटाले आफ्नो धारणा राख्नुका साथै बिरामीको सिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए   बरदुबईको लुम्बिनी गेष्ट हाउसमा आयोजना भएको कार्यक्रमको संचालन संस्थाका प्रवक्ता एवम्  राहत संकलन कार्यक्रमका संयोजक तिलक सापकोटाले गर्नुभएको थियो

 

पर्वत सेवा समाज यूएईले अन्तराष्ट्रिय पर्वत समाजले स्थापना गरेको कोरोना सम्बन्धी आपतकालिन विपद राहात कोषमा ३२ हजार रुपैयाँ सहयोग गरेको थियो भने, नेपाली समाज यूएईको राहात कोषमा १६ हजार रुपैयाँ सहयोग गरेको यूएईमा रहेका पर्वतवासीको साझा संस्था पर्वत सेवा समाज यूएई सन् २०१३ मा स्थापित संस्था हो पर्वत सेवा समाज यूएईले विभिन्न समयमा परेका पर्वतेली सँगै नेपालीहरुलाई सहयोग गदै आएको संस्थाले विपन्न परिवारका वालवालिकाहरुलाई छात्रवृति समेत प्रदान गर्दै आईरहेको संस्था स्थापनादेखी लगभग ३० लाख भन्दा बढि आर्थिक सहयोग गरेको जनाएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)