Correspondent, ParbatNepal
5 years ago
1322
जेठ १०, पर्वत । कुश्मा नगरपालिका–१० पीपलटारीका किसान राजेन्द्र पौडेल अहिले दुईटा समस्याले जेलिएका छन् । समस्या कोरोना भाइरसका कारण जारी लकडाउन र तरकारी बालीमा देखिएको किराको संक्रमणले सिर्जना गरेको हो । पौडेलको तरकारी खेती अहिले रोगको शिकार भएको छ । मुलुकमा जारी लकडाउनका कारण बजार झर्न पाएका छैन्न । तरकाली बालीमा देखिएको किराको संक्रमण रोक्न उनीसँग अर्को कुनै उपाय छैन । कृषि प्राविधिकलाई फोन गरे पनि उनीहरु गाउँ आउन मान्देनन् । पौडेल भन्छन्, ‘कुश्मा नगरपालिकाका कृषि प्रविधिकलाई ६ पटक फोन गर्दा पनि आउन अस्वीकार गरे ।,’
सो क्षेत्रमा अगुवा कृषकको पहिचान बनाएका पौडेलले कोरोनाको डरले कृषि प्राविधिकहरु गाउँ आउन नमानेको तर्क गर्छन । पौडेलले भन्छन्, ‘कुश्मा नगरपालिकाले गाउँगाउँमा कृषि प्राविधिक खटाउने निति बनाएपनि प्राविधिकहरु विभिन्न बाहान बनाएर गाउँ आउन मान्देनन् ।,’ गाउँमा प्राविधिक नआउँदा पौडेल जस्तै सो क्षेत्रका सयौँ कृषक मर्कामा परेका छन् ।
पोल्टी र्फाम संचालन गदै आएका पौडेल विगत लामो समयदेखी तरकारी उत्पादन गरि बिक्रि वितरण गदै आएका छन् । १६ आना जमिनमा उनले काउली, काँक्रो र टमटार लगायतका तरकारी एतपादन गदै बिक्रि वितरण गदै आएका थिए । उनले ८ आना जमिनमा लगाएको ब्रो काउली र फुल काउलीको पातमा किराको संक्रमण बढ्दै जानथाले पछि उनी निकै चिन्तीत छन् । १ रोपनी क्षेत्रफलमा लगाएको काँक्रोको बोटमै कुहिन थालेका छन् । टमाटारमा पनि किराको संक्रमणले कुहिन थालेको छ ।
गत फागुनमा परेको असिनापानीले सबै तरकारी बाली सखाप भएपछि उनले पुन बिउ उत्पादन गरि काँक्रो, काउली र टमाटर लगाएका थिए । आम्दानी हुने बेलामा सबै तरकारीमा किराको संक्रण्मले बोटमै कुहिन थालेपछि पौडेल चिन्तत् छन् । समस्याका विषयमा वडा अध्यक्ष सहित कृषि प्राविधिकलाई जानकारी गराएपनि सुनुवाई नभएको उनको तर्क छ ।
